नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 21 · वि.सं. २०१६
नि.नं. 21 — बहाल बुझाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालती बन्दोवस्तको ९८ र ९९ नं.–बुझाउनु पर्ने सवै बहाल नबुझाएमा–साँवा छाडी लेनाको व्याजमा समेत दावी गरी वादी परेको देखिएमा–ऐनबमोजिमको दावी नगरी अधुरो नालिस गरेको ठहर्ने । अदालती बन्दोवस्तको ९९ नं. ले त्यस्तो नालिस किनारा गर्न नमिल्ने । अ.बं.९८ नं. मा दुइटै मानिसले एउटै मानिस उपर जतिसुकै विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै उपर एउटै विषयको कुरा लेखी ल्याएको भए पनि सो बमोजिम सवै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नु पर्छ भन्ने किटानी साथ लेखिएकोले प्रस्तुत मुद्दामा परेको वादी हेर्दा सालको मोरू ४४। बाहाल बुझाई बस्ने कबुलियत भई म बसेको ०७ साल आश्विन १ गते देखि ०८ साल भाद्र मसान्त तकको बहाल नबुझेको र निज घर धनीसँग मेरो लेना मोरू ३०१ बाँकी भएकोले त्यसको व्याज मोरू ३०।१० कट्टा गरी बाँकी मोरू १३।९० धरौट राख्न ल्याएको छु । अड्डाबाटै तिरी बुझाई बहालमा बस्न पाउँ भन्ने लेखिएकाबाट लेनाको ब्याजमा समेत दावी गरी वादी परेको देखिएको अ.बं.९९ नं. मा साँवा र व्याजमा समेत नालिस दिन पर्नेले साँवामा मात्र वा व्याजमा मात्र नालिस गरी अरु कुरामा पछि नालिस दिउँला भन्ने इत्यादी किसिमको वादी दिन र सो वादीमा छुट्टैको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने किटानी साथ लेखिएको प्रस्तुत मुद्दाको वादीमा साँवा भराई पाउँ भन्ने नदेखिई उक्त लेखिएबमोजिम व्याजमा मात्र दावा गरेको देखिनाले साँवाको नालिस नभई व्याजमा दावी गरी कट्टा मट्टा मिलाई बाँकी धरौट राखेको देखिनाले ऐनबमोजिमको दावी वादीले नगरी अधुरो नालिस गरी कबुलियतबमोजिमको सवै बहाल मोरु ४४। धरौट राखेको नदेखिएको । उक्त ९८ नं. बमोजिम हेरी किनारा गर्न त्यस्तो अधुरो नालिसबाट मद्दा किनार गर्न उक्त ९९ नं. ले नमिल्ने । बुझाउनु पर्ने बहाल सवै धरौट राखी यो नालिस परेको नेदेखिएको व्याज वापतका कट्टा मट्टा मिलाई बाँकी ठहर्ने मोरू. १३।९० तेरह रूपैयाँ नब्बे पैसा धरौट राखेको छु भन्ने वादीको दावी लेनदेन थियो, थिएन व्याज दिनुपर्ने हो, होइन भन्ने समेतको कुरा यो नालिसबाट निरोपण गर्न अ.बं.९९ नं. ले बाधा पर्ने हुँदा यो वादी खारेज गर्ने ठहराएको इन्साफ ०१५।५।११।४ सर्वोच्च अदालत डिभिजन बेञ्चका श्री माननीय प्रधान न्यायाधीशजीको राय मनासिव । (प्रकरण नं. ८ र १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 21 |
|---|---|
| मुद्दाको विषय | बहाल बुझाई पाउँ |
| निर्णय वर्ष / मिति | 2015/11/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 21 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
