नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 16 · वि.सं. २०१६

नि.नं. 16 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) २००७ सालभन्दा अघिको १।२ छापे खड्गनिशाना–ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने। २००७ सालभन्दा अघि १।२ छोप खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) अंशबण्डाको ६१ नं.–बण्डा हुन बाँकी रहेकोमा–भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजुर लाग्ने– तायदाती लिई बण्डा छुट्याई दिनु पर्ने । सो २ छापे सदर भएको बण्डापत्रमा गोश्वारा अंशबण्डा रहेको बण्डा गर्नुपर्ने, बाँकीमासम्म अंशबण्डाको ६१ नम्बरले भिन्न हुनेको जीउ जीउसम्म उजुर लाग्ने हुँदा अंशबण्डाको २।४।६ नं. का ऐनबमोजिम वादीहरूले अंश पाउने देखिंदा सो बण्डापत्रमा गोश्वारा रहेको बण्डा गर्न बाँकी रहेको अबण्डा मात्रबाट ऐनबमोजिम पाउने अंशमा ऐनबमोजिम प्रतिवादीबाट तायदाती लिई बण्डा छुट्याई दिनुपर्ने । (प्रकरण नं. ९) (३) हाकिमका नाउँमा कराउनेको १० नं.–मुद्धा दोहर्‍याउने बिन्तिपत्र दिएमा–भएको इन्साफ सदर भएमा–दण्ड हुने । मुद्दा दोहर्‍याउने बिन्तिपत्र दिएमा का.ई. लालदरबार बस्ने मे.ज. इन्दु शम्शेर ज.ब.रा. के अघि प्रधान न्यायालयबाट दण्ड नभए पनि त्यसै छाड्न मनासिव नहुँदा हाकिमका नाउँमा कराउनेका १० नं. ले. तजविजी–मोरू १। दण्ड हुन्छ । (प्रकरण नं. ९) वकिलहरू : श्री बलभद्र मिश्र र सि.ए. श्री देवनाथप्रसाद वर्मा

फैसलाको आधिकारिक विवरण

निर्णय नं.16
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2015/11/28
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 16
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्