नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5 · वि.सं. २०१५
नि.नं. 5 — धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ५ (१) (ज) र ४ (३) – पत्रिकाको सम्पादकीय–भिन्न भिन्न बर्गमा वैमनष्य र घृणा पैदा गराउने देखिएमा – सरकारले धरौट मागेको मुनासिव । २०१३ साल चैत्र ३० गतेको सम्पादकीय “नेपालमा हिन्दू प्रथा किन ?” – को पंक्तिहरू “...सबै कुरामा हिन्दूत्वलाई प्रधानता दिएर सरकारले व्यवहार गरेको देखिन्छ । नेपाल एक बौद्ध प्रधान देश मात्र होइन, यहाँ शैव शाक्य तथा मुसलमान आदि अनेकौं सम्प्रदाय छन् । फेरि धेरै जसो नेपाली जनता गोमांस नखाने छैनन् भनेर भन्न सकिंदैन । यस्तो हालतमा गौ–वध निषेध कानून नेपालमा भई रहनु पनि अधिकांश जनतालाई हिन्दुत्वको आधारमा दवाउनु बाहेक के हो ?ला ?” “यस्तो हालतमा हिन्दूत्वलाई दुहाई दिएर अथवा हिन्दू धर्मलाई मात्र विषेशता दिने किसिमले बहुसंख्यक जनताको भावना ऊपर हमला गर्नु कदापि जायज कुरा होइन”........“अब प्रजातनत्रको उदय भई सकेपछि पनि राजा एउटा हिन्दू धर्मावलम्वी भयो भन्दैमा बहुसंख्यक जनताको सांस्कृतिक भावनालाई दवाएर भारत वा हिन्दू धर्मलाई विषेशता दिनु कदापि उचित होला जस्तो लाग्दैन ।” २०१४ साल बैशाख ५ गतेको सम्पादकीयमा “गौवध निषेध कानून” का केही पंक्तिहरू यस प्रकारका रहेछन् “......एक प्रजातन्त्र राज्यले धर्मलाई आधार गर्न हुन्न । अझ दुई तीन धर्म भएको देशमा एक धर्मको पक्ष लिनु झन नै नराम्रो । धर्म तथा कानून एकै चीज होइन”...“पुरानै धर्मको आधारमा गौ हाम्रो माता भएकाले राज्य भर गाई मार्नेलाई यो सजाय हुन्छ भन्ने आजको शताब्दीलाई अशोभित भई सक्यो । अझ गो–मांस खाने जनता अधिक भएको देशलाई त झन नै अशोभनीय छ” । माथि प्रकाशित भएको लेख छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ५ को उपदफा १ को देहाय (ज) अन्तर्गत परेको होइन भन्न कुनै हालतमा नहुने भएबाट उक्त प्रकाशन ऐन विरूद्ध देखिन्छ,..धरौट माँग गरेको मेजिष्ट्रेटको मुनासिव छ । (अन्तिम प्रकरण) (२) पत्रकारिताको धर्म – माथी नियन्त्रण आवश्यक । पत्रकारिता बुद्धिजीविको एक अत्यन्त जवावदेहि पूर्ण पेशा हो । आजको युगमा यो पेशा एक विशिष्ट तथा महŒवपूर्ण स्थान राख्दछ । स्वच्छ पत्रकारिता समाज तथा सरकार दुवैलाई कल्याणकारी मार्गतर्फ अग्रसर गराउन सक्तछ । समय समयमा सचेतकको रूपमा अग्रसर भई दुवैलाई गलत मार्गबाट हटाई सही पथ प्रदर्शन पनिगर्न सक्तछ । फल स्वरूप यो पेशा सम्माति पनि छ । साथै पत्रकारको भूल या त्रुटि देश हितको खिलाफ समान रूपमा हानिकारक पनि सिद्ध हुन सक्तछ । अतः कानूनी नियन्त्रणको आवश्यकता महसूस गरिन्छ । (अन्तिम प्रकरण)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5 |
|---|---|
| मुद्दाको विषय | धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत |
| निर्णय वर्ष / मिति | 2014/12/07 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१५, नि.नं. 5 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
