नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 20 · वि.सं. २०१६
नि.नं. 20 — बन्धकी निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बहाल बिटौरी रकम बुझाएको निस्सा भर्पाई केही दाखिल पेश गर्न नसकेमा–बुझ्ने भनेको मानिसले बहाल बिटौरी बुझेको छैन भन्ने जिकिर लिएमा–बेगर प्रमाण बुझाएको नठहर्ने । सो पसलको समेत बहाल बिटौरी रकम बुझाउनु पर्ने रूपैयाँ वादीहरू मार्फत बुझाउने गरी आएको भनेकोमा वादीवालाहरूलाई बुझाएको निस्सा भर्पाई केही छ भने दाखिल पेश गर्न नसकेको र छलफल हुँदा वादीवालाहरूले प्रतिवादीसँग बहाल बिटौरी बुझेको छैन–भन्ने जिकिर लिएको हुनाले बेगर प्रमाण बुझाएको नठहर्ने । (प्रकरण नं. ६) (२) राजिनामा भएकोमा दर्ता बदर गरी आफ्नो नाउँमा गराउनु पर्ने–दर्ता अर्कैको नाउँमा कायम देखिएमा–दर्तावालाले भोगबन्धकी थैली दिई निखनी लिन पाउने । आजसम्म सो घर पसल वादीवालाहरूकै नाउँमा दर्ता कायम नै रहेको देखिएबाट राजिनामा भईसकेको भए दर्ता बदर गरी आफ्नो नाउँमा गराउनु पर्ने । नगराए दर्तावालाले भोगबन्धकी थैली दिई निखनी लिन पाउने । (प्रकरण नं. ६) (३) हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन खोजी हारेमा–शुरूमा राखेको कोर्ट फिको सयकडा १० ले दण्ड हुने । मुद्दा दोहराएमा प्रतिवादी का.ई. इन्द्रचोक बस्ने विश्वनाथ मारवाडी १ ऐजन बस्ने हरिनारायण मारवाडी १ ऐजन बस्ने शंकर मारवाडीहरूको शुरूमा कोर्ट फी मोरू ९५१६१ राखी नालिस गरेको हुँदा हाकिमका नाउँमा कराउनेका ११ नं. ले सयकडा १० ले रू. ९।५४ दामासाहीले दण्ड हुनेमा वारिस हुँदा ऐनबमोजिम गरी असुल गर्नु । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 20 |
|---|---|
| मुद्दाको विषय | बन्धकी निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2010/05/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 20 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
