नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 19 · वि.सं. २०१६

नि.नं. 19 — जग्गा हटक समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ०१४ साल बैशाखको परिबन्द खुलाई यो परिबन्दको मुद्दा जति दोहर्‍याई दिनु भन्ने शाही आदेश–पहिले भएका मुद्दा दोहर्‍याई दिने शाही आदेशलाई पनि यही शाही आदेशबमोजिम गर्नु भन्ने नभएमा–पहिलेको शाही आदेशबमोजिम मुद्दा चली रहेको भए–पछिको शाही आदेशबमोजिम नभए पनि–खारेज गर्न नहुने । ०१३ साल असार महिनामा प्रमांगी भई आई कारवाई चली सकेको र त्यसपछि ०१४ साल बैशाख महिनामा मात्र शाही आदेश भएको देखिनाले प्रस्तुत मुद्दामा परेका बिन्तिपत्रमा भएका प्रमांगी अथवा सो शाही आदेश हुनुभन्दा पहिले भएको प्रमांगीहरूलाई सो शाही आदेशमा उल्लेख भई यसै शाही आदेशबमोजिम गर्नु भन्ने नभएकोले पहिले भईरहेको प्रमांगी मुताविक चली रहेको मुद्दालाई पछी भएको शाही आदेशमा उल्लेख भएबमोजिम नभएको भनी नहेरी खारेज गर्न ऐन कानून समेतले नमिल्ने हुँदा सो प्रमांगीबमोजिम प्रस्तुत मुद्दा हेरी निर्णय दिन पछी भएका शाही आदेश समेतमा कुनै बाधा बिरोध नपर्ने हुँदा पहिले भएका हुकुम प्रमांगीबमोजिम हेरी निर्णय दिनुपर्ने देखिन्छ । (प्रकरण नं. ९) (२) मालका नाउँमा भएको सवालको दफा ६७–तेरो मेरो भन्ने प्रष्ट भएको मुद्दाहरू माल गोश्वाराले हेर्न नपाउने–हेरी फैसला भई गएमा खारेज हुने । प्रस्तुत मुद्दामा तेरो भन्ने प्रष्ट भएको हुँदा मालका नाउँमा भएका सवाल ६७ दफाले माल गोश्वाराले हेर्न नपाउनेमा हेरी फैसला भएको देखिनाले माल गोश्वारा प्रधान न्यायालय सर्वोच्च अदालतबाट भएको फैसला ऐनबमोजिम भएको नदेखिँदा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । (प्रकरण नं. ९) (३) वादीको दावीमा गैरकानूनी कारवाई भएको खारेज भएमा–फेरी सो दावी लिई अदालतमा नालिस दिएमा–कारवाई गर्नुपर्ने । ऐनबमोजिम अदालतमा नालिस दिए उसै बखत ठहरेबमोजिम हुन्छ । नजीरको रूपमा पेश गरिएका मुद्दाहरू : (१) कल्लु कुर्मी वि.राम चरीतर । (२) रामकुमार कुर्मी वि.राम वर्णमाली । (मान्यता दिइएको)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.19
मुद्दाको विषयजग्गा हटक समेत
निर्णय वर्ष / मिति2014/08/03
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 19
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्