नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 22 · वि.सं. २०१६
नि.नं. 22 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाको राजिनामा गराई लिई दर्ता तिरो गरी आएको लिखत दर्ता श्रेस्ता रसिदबाट देखिन आएमा–सो जग्गामा खिचोला गर्नेको जिकिर श्रेस्ता प्रमाणबाटै बिल्कुल मिथ्या सावित भईरहेकोमा–जग्गावालाको हक टुटाएको कुनै लिखत सबुद नभएमा–खिचोला गर्नेको जिकिर पुग्न नसक्ने । झगडा परेको नं. १८८ को जग्गा ८४ सालमा माहीप्रसादसँग रेवतमलले राजिनामा गराई ती निजका नाउँमा दर्ता भई साल साल तिरो भरो गरी आएको लिखत दर्ता श्रेस्ता रसिदबाट देखिन आएको । ८४ सालमा रेवतमलले खरिद गरेको जग्गा ७४,७५ सालमा खरिद गरी लिई भोगेकोले मेरो हकको भन्ने नेमचनको र नेमचनको हक भोगको थियो भन्ने क.क.डम्बर शम्शेर थापाको भनाई जिकिर श्रेस्ता प्रमाणबाटै बिलकुल मिथ्या सावित भईरहेको र सो मुख भनाई बाहेक रेवतमलको हक टुटाएको कुनै लिखत सबुद नेमचन डम्वर शम्शेर तर्फबाट पेश दाखिल गर्न नसक्नु भएको र नेमचन बाहेक रेवतमलको हक जग्गा पनि रोक्का रहेको र लिलाम भई डाक गर्नु भन्ने भई डाक भएको भनी भन्न सबुद दिन सक्नु भएको छैन । पेश भएका १ छापे नक्कलबाट पनि नेमचनको हकको लिलाम भएको बाहेक यो रेवतमलका हकको १८८ नं. को जग्गा पनि क.क.डम्बर शम्शेरलाई दिलाई दर्ता गरी दिनु भन्ने लेखिएको देखिन नआएकोले सो रेवतमलका नामको १८८ नं. को जग्गा विघा ।३।।। मेरो हक लाग्ने भन्ने निवेदक क.क.डम्बर शम्शेरको जिकिर पुग्न नसक्ने हुँदा ०११।३।१४ मा प्रधान न्यायालय डिभिजन बेञ्चले ठहर्याई छिनेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ९) (२) हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन खोजी हारेमा–दशौंद दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम उपर दोहर्याएमा न्यायालयबाट भएको दण्ड रु. १। को हाकिमका नाउँमा कराउने ११ नं. ले दशौंद मोहरू ।१० दस पैसा दण्ड हुन्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 22 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2015/12/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 22 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
