नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7 · वि.सं. २०१५
नि.नं. 7 — रोक्का बाली फुकुवा पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशबण्डाको ३९ नं – अंशको लागि नालिश उजुर परी अड्डाले अंशबण्डा गरी दिन पर्दा – धर्म गराई फाँट लिई बण्डा गर्नु पर्ने । अंशको नालिस उजुर परी बण्डा गरी दिनु पर्ने देखिन आए पछि दवाए छपाएको छैन भने धर्म गराई फाँट लिई बण्डा गरी दिनु भन्ने अंशबण्डाको ३९ नं.बमोजिम अड्डाबाट गरेको नभई घरसारमा बण्डापत्र भई रजिष्ट्रेशन पास गरेको देखिएको । (प्रकरण नं.१) (२) दवाएको भन्ने जग्गाको रोक्का बाली फुकुवाको मात्र सवाल उठेमा – तायदाती दिएको ठहर्ने नठहर्नेमा केही विचार गर्न नपर्ने । २०१२ साल श्रावण ३० गतेको प्रधान न्यायालय फुलबेञ्चबाट भएको आदेशमा घरको मुख्य प्रतिवादीले अंश दिनु पर्ने जेथा यती नै हो भनी देखाई बण्डा गरी सके पछिलाई तायदाती गरी सकेको भन्नु परी भन्ने लेखिएको । सो कुरा बाली रोक्का सम्मको निर्णय दिए पुग्ने । यस मामिलामा लेखि रहनु पर्ने आवश्यक नभई परी रहेको उसै मुद्दाबाट ठहरे माफिक हुने हुनाले ती शब्दहरू यस मुद्दाको निर्णयमा प्रयोग गर्नु पर्ने आवश्यक देखिंदैन । (प्रकरण नं.१) (३) अंशबण्डाको ५० नं. – अंशको फाँट दाखिल भएपछि – अंश पाउनेको भाग जतिको आयस्ता रोकी पाउँ भनी दर्खास्त दिएमा – घरायसीमा बण्डा भई रजिष्ट्रेशन पास भएकोमा पनि – दवायो भनी जग्गाको फाँट खोली सो जग्गाको आयस्ता रोकी पाउँ भनी दर्खास्त दिएमा ज.मि.को १४ नं. बमोजिम दरखास्तवालाको हिस्सा जतिको मात्र बाली रोक्न मुनासिव । अंश भाग छुट्याई पाउँ भन्ने नालिस उजुर परेकोमा फाँट दाखिल भए पछि आयस्ता रोकी पाउँ भनेमा यिनले पाउने भाग जतिको आयस्ता जग्गा मिच्नेका १४ नम्बर बमोजिम रोक्का गरी दिनु भन्ने अंशबण्डाको ५० नं.मा लेखिएको र घरसारमा बण्डा गरी रजिष्ट्रेशन पास भएकोमा बण्डा नगरी दवाएको भन्ने दाबी लिई फिरादपत्रमा जग्गाको फाँट खुलाई लेखेको । सो फिरादपत्रमा लेखिएको जग्गाबाली रोकी पाउँ भन्ने उजुर परेकोमा फुलबेञ्चबाट निर्णय भई ४ खण्ड जग्गाको बाली रोक्का गर्ने गरेको । जग्गा मिच्नेको १४ नं.ले पनि दुनियाँ दुनियाँको जग्गामा तेरो मेरो भन्ने झगडा परेकोमा बाली रोक्का गर्नु । नगरे बात लाग्छ भन्ने लेखिएको हुनाले ४ खण्डको १ खण्डको बाली रोक्का गर्नु पर्ने ठहरी २०१२ साल श्रावण ३० गते प्रधान न्यायालय फुलबेञ्चबाट भएको निर्णय मुनासिव छ ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7 |
|---|---|
| मुद्दाको विषय | रोक्का बाली फुकुवा पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2013/04/30 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१५, नि.नं. 7 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
