नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 42 · वि.सं. २०१६

नि.नं. 42 — आर्य समाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस–कसलाई आर्य समाजी मतमा ल्याए लगाए भन्ने किटानी उजुर नभएमा–सो मतमा गै सकेको र अरूलाई प्रचार गरी ल्याई सकेको नदेखिएमा–सरजमिनको आधारबाट पूरै कसूरबन्द ठहराई सजाय गर्न नमिल्ने । आर्य समाज धर्म प्रचार गरी कुनै मानिसलाई त्यस धर्ममा लगाई सकेको भन्ने किटानी साथको उजुर नभएको र म पूजाआजा गर्दै छु भनी प्र. विष्णुबहादुर समेतले बयान गरेको पछि बुझिएका सरजमिनले केही शंका गरी लेखिदिएका छन तापनि आर्य समाजको मतमा गईसकेको र अरूलाई आफ्नो मतमा ल्याई सकेको र प्रचार गरेको समेत नदेखिएकोले सिंगलबेञ्चले ठहराएको इन्साफ मनासिव छ । (प्रकरण नं. १३) (२) सरजमिनले आर्य मतमा लागेका भन्ने लेखिदिएमा–अरूको धर्ममा खलल नगरी सो मतमा जान उद्योगसम्म गरेको भन्नु पर्ने । धेरैजना सरजमिनले प्रतिवादीहरू आर्य मतमा लागेको भन्ने लेखिदिएका भएपछि अरू कसैको धर्म खलल गरेको नदेखिएकोले सो मतमा जान उद्योगसम्मगरेको भन्नु पर्ने । (प्रकरण नं. १२) (३) अदलको २९ नं. को २ दफा– विधर्ममा जान उद्योग गर्नेलाई–रू. ५०। जरीवाना हुने । आर्य मतमा जान उद्योगसम्म गरेकोलाई अदलका २९ नं. का २ दफाले जनही रू. ५०। पचासका दरले जरिवाना गरे पुग्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.42
मुद्दाको विषयआर्य समाजी
निर्णय वर्ष / मिति2013/04/25
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 42
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्