नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 38 · वि.सं. २०१६
नि.नं. 38 — गुठी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दान दातव्यको ३ नं.–आफ्नो नातेदारलाई दान दातव्यपत्र पनि लेखी दिन नहुने लेखेको भए ऐनले सदर नहुने । बदर हुने ठहर्छ । दान दातव्यको ३ नम्बरको ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखि दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्यपत्र भनी लेखी दिएकीले नयनकुमारीले वादीहरूलाई गरी दिएको दातव्यपत्र ऐनले सदर नहुने भई बदर हुने । (प्रकरण नं. ८) (२) अपुतालीका ३ नं.–३ पुस्ताका हकवाला कोही नभएमा विवाहिता छोरीहरूले अपुतालीमा आधी पाउने । आधी नजिकवाला अर्को हकदारले पाउने । नजिकको हकदार एकबहादुर देखिन आएकोले अपुतालीका ३ नं. का ऐनबमोजिम नयनकुमारीको गुठी पालो मध्ये वादी सुभद्राकुमारी र वादी भुवनकुमारीले आधी र एकबहादुर थापा क्षेत्री ल.पु.इ.जाउलाखेलले आधी पाउने ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 38 |
|---|---|
| मुद्दाको विषय | गुठी |
| निर्णय वर्ष / मिति | 2011/04/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट र माननीय न्यायाधीश श्री मीनबहादुर थापाको डिभिजन बेञ्चले २०१५ साल असार ११ गते प्रधान न्यायालयको उक्त इन्साफलाई मनासिव ठहरायो । फैसलाको अन्तिम प्रकरण उद्धृत गरिएको छ ।) |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 38 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
