नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 28 · वि.सं. २०१६

नि.नं. 28 — मात थैली बुझाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नासिएका सक्कल कागज अङ्गमा दाखिल गरिसकेको भनी ऐन सवालबमोजिमको अड्डाको भर्पाई दाखिल गर्नुपर्ने, दाखिल नभएमा सो दाखिल गर्न नसक्नेले सच्चा कुरामा चलेको नदेखिने । अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकोले शुरूको राय फैसलाबमोजिम यिनी प्रतिवादी सच्चा कुरामा नचली अंक बढाई हाल दावी गरेको प्रष्टै देखिन आएको । (प्रकरण नं. १२) (२) साहु आसामीको ६ नं.–उमेर नपुगेका १६ बर्ष मुनिका नावालकसँग गराई लिएको लिखत ऐनले सदर नहुने । उमेर नपुगेका १६ बर्ष मुनीका नावालकसँग गराई लिएको लिखत साहु आसामीको ६ नं.का ऐनले सदर नहुने हुँदा ऐनले सदर नहुने सो लिखत प्रमाण लागि जग्गामा प्रतिवादीको हक पुग्नै नसक्ने । (प्रकरण नं. १२) (३) उमेर पुगेपछि हक टुट्ने हदम्याद नाघ्ने कुनै श्रेस्ता दर्ता देखाउन नसकेमा श्रैस्ता दर्ता नसरेसम्म ऐनले हदम्याद लाग्न नसक्ने देखिएमा हक नटुट्ने र नावालक अवस्थामा बन्धकी लिएको थैली दाखिल गरेमा बुझ्नु पर्ने । वादीको उमेर पुगेपछि ऐनबमोजिम हक टुट्ने हदम्याद नाघ्ने कुनै लिखित दर्ता श्रेस्ता छ भनी प्रतिवादीले देखाउ नै नसकेको श्रेस्ता दर्ता नसरेसम्म नावालक अवस्थामा भोगवन्धकी भनी भोग गर्न दिएको जग्गा ऐनले हदम्याद लाग्नै नसक्ने हुँदा म्यादमा उजुर नगरेकोले वादीको हक पुग्दैन भन्ने शुरू देखि प्रधान न्यायालय सिंगलबेञ्चसम्मको रायसँग यसबेञ्चले सहमत गर्दैन । वादीको हक टुटेको लिखत दर्ता श्रेस्ता बेगर जग्गामा प्रतिवादीको हक पुग्न सक्तैन । वादीले नावालक अवस्थामा बन्धकी भनी लिएको थैली मोरू १००। दाखिल गरिसकेको देखिँदा सो थैली प्रतिवादीले बुझी लिनु पर्ने । जग्गा वादीको हक ठहर्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.28
मुद्दाको विषयमात थैली बुझाई पाउँ
निर्णय वर्ष / मिति2015/01/29
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 28
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्