सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९६ / ४४०

नि.नं. 1064वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) दुइजनाको बीचमा भएको करारसम्बन्धी व्यक्तिगत विवादमा हस्तक्षेप गरी कारवाही चलाउने, बयान लिने, जमानत माग्ने वा मिलापत्र गराउने, अधिकार–सहायक अञ्चलाधीशलाई नभएको । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1063वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) अधिकारप्राप्त अधिकारीको न्यायोचित अनुमानमा आय कायम भएको र उक्त आय रकममा कर अधिकृतद्वारा आयकर निर्धारण आदेश दिइएको कानूनी त्रुटी भन्न नमिल्ने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1061वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ

(१) लिखत पारित मुद्दामा जग्गाको हक बेहक गर्ने प्रश्न आउने स्थिति नै नहुने । लिखतमा लेखिएको जग्गाको वार्ड नं.फरक पर्दैमा अदालतको फैसला कार्यान्वयन नहुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1060वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ को उपदफा ५ को खण्ड (क) को व्यवस्था अनुसार मोहियानी हकै नलाग्ने जग्गाको सम्बन्धमा अनुसूची २ बमोजिम लगत प्रकाशन गर्ने र त्यसको आधारमा मोही कायम गर्ने कुरा कानुनसंगत नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1059वि.सं. २०३४पूर्ण इजलास

जग्गा खिचोला

(१) गाउँसभाको निर्णयअनुसार काम गरे गराएको समेत हो भन्ने प्रतिवाद भएको समेत देखिएकोले दुर्गाविक्रमले गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले काम गरेको देखिएकोले यसरी गरेको काम गाउँपञ्चायत ऐनको दफा ७१ बमोजिम विधि पुर्‍याई दायर गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1058वि.सं. २०३४पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भू.सं.ऐनको दफा ८ लागू हुनु भन्दा अघि नै मोहियानीमा लिई कमाएको भन्ने भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८ को अधिकतम भन्दा बढी जग्गा मोहीको हैसियतले कमाएको भन्दैमा अष्टलालको उजूरी गर्ने हक हुँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1057वि.सं. २०३४पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

(१) एक दफाअन्तर्गतको कुनै खण्डको व्याख्या गर्दा सो अन्तर्गतको सबै उपदफा वा खण्डहरूको समुच्चा व्याख्या गर्नुपर्ने र त्यस्तै एक परिच्छेदअन्तर्गतका विभिन्न दफाहरूको पनि सप्रसंग व्याख्या गर्नुपर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1056वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) रसिद दिलाई पाउँ भन्ने मुद्दा देवानी मुद्दा हुँदा त्यस्तो मुद्दामा निवेदकको वारिसलाई तारिखमा राखी कारवाही हुनेमा वारिसलाई नराखी प्रतिवादी आफैं हाजीर हुनु भनी कारवाही गरेकोबाट मुलुकी ऐन अ.बं. ६५ नम्बरको त्रुटी हुन गएको । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1055वि.सं. २०३४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ

(१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ (१) (ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफामात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न नमिल्ने । थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्नेआदेश कानूनसंगत नभएको । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1054वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषण,परमादेश लगायत जोचाहिने आज्ञाआदेश वा पूर्जी जारि गरीपाउँ

(१) प्रमाणपत्रलाई इन्स्टिच्यूटको प्रमाणपत्रसरह मान्यता दिनुपर्ने भनी वा म्याद नाघी पेश भएको प्रमाणपत्रको पनि अंक दिनुपर्छ भनी अदालतले आयोगलाई बाध्य गराउन नमिल्ने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1053वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) क्षेत्रीय किताबमा लेखिएको कारणबाट मात्र जग्गा नापजाँच ऐन, २०१९ को दफा ८ को उपदफा (४) अन्तर्गत जग्गा दर्ता गर्न नमिल्ने भनी मिसिल सम्लग्न सबूद प्रमाणको कुनै वास्ता नगरी मुद्दै खारेज गर्ने गरी निर्णय गर्नु कानूनसंगत होइन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1052वि.सं. २०३४संयुक्त इजलास

लोग्ने कायम गरी अंश माना–चामल पाउँ

(१) गुप्ताङ्गको चिन्ह भन्न सकेमा करणी भएको कायम हुने भन्न नसकेमा करणी कायम नहुने भन्नु न्यायसंगत होइन । (प्रकरण नं. १५) (२) करणीको तथ्य प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण साधारणतः नहुने । कुनै दुईवटा युवक युवतीको विचमा राजी खुशीले भएको करणी सर्वसाधारणले देख्ने गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1051वि.सं. २०३४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

(१) साविती बयानको अभावमा अन्य तथ्य प्रमाणको विश्लेषण गरी अभियुक्तसँग धरौट माग्न अ.दालतीबन्दोवस्तको महलको नम्बर ११८को दफा १८ ले अधिकार नदिने । (प्रकरण नं. ९) (२) अपराधसँग सम्बन्धित कुनै तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कुरा होइन अभियुक्तले अपराधसँग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1050वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषण आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ को उपदफा (३) मा प्रयोग गएको “सम्म” भन्ने शब्द र प्रतिबन्धात्मक वाक्यांशमा प्रयोग भएको “अगावै” भन्ने शब्दको अर्थ परस्पर विरोधी नभई एकै तात्पर्यको लागि प्रयोग भएको देखिएको । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1049वि.सं. २०३४संयुक्त इजलास

आयकर (२०२८)

(१) म्याद नघाई परेको निवेदनको आधारमा पुनरावेदन दर्ता भएको देखिएबाट सो पुनरावेदनबाट इन्साफ दिन नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1048वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको ओदश जारी गरी पाउँ

(१) म्यादभित्रै धरौटी राखेकोलाई गैरकानूनी तरिकाले मिति अंक सच्याई त्यसका आधारमा म्यादभित्र धरौट नराखेकेको भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1047वि.सं. २०३४पूर्ण इजलास

अंश

(१) मुद्दा परी फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा अ.बं. ८६ नं. बमोजिम उजूर परेको नभएपछि डिसमिस मिलापत्र खारेज जे जस्तो भएको छ सो सम्बन्धित पक्षकोलागि सदैव मान्यता गर्नुपर्ने हुन आउने । (प्रकरण नं. १४) (२) अघि नै यिनै वादी प्रतिवादीहरू प्रतिवादी र वादी भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1046वि.सं. २०३४पूर्ण इजलास

उत्प्रेषणको ओदश जारी गरी पाउँ

(१) लिलाम भएको बदर गरी माग्न लिलाम भएको र सूचना पाएको मितिले करिब एक वर्ष ४ महिना पछिमात्र रिट निवेदन दर्ता गरेको अनुचित विलम्ब गरी रिट निवेदन गर्न आएको देखिएको । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1045वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको ओदश जारी गरी पाउँ

(१) निजामती सेवा ऐन तथा नियममा व्यवस्था गरिएको अधिकार विपक्ष संस्थानको अध्यक्षले प्रयोग गर्नसक्ने कानूनी व्यवस्थाको अभावमा सो निजामति सेवा नियमावलीबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था लागू हुन्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1044वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको परमादेशसमेतको जो चहिने उपयुक्त ओदश जारी गरिपाउँ

(१) गाउँफर्क राष्ट्रिय अभियान समितिले कानूनबमोजिम आफ्नो अधिकार प्रयोग गरी निवेदकलाई अनुमोदन नदिएकोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1043वि.सं. २०३४संयुक्त इजलास

रेडियो लाइसेन्स किर्ते गर्यो. भन्ने

(१) रेडियो लाइसेन्स व्यक्ति विशेषसँग रहने कागज देखिएकोले सरकारी अधिकारीबाट प्राप्त भएको भए पनि त्यसलाई सरकारी कागज भन्न नमिल्ने । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1042वि.सं. २०३४संयुक्त इजलास

अंश

(१) घर जग्गाको नापसमेत खुलाई प्रत्येक भागको रु.४०००। (चार हजार) उल्लेख गरी गोल हाली बण्डापत्र खडा गरेकोमा अंश भाग घटी बढी भयो भनी उजूर गर्ने कुरा अंशबण्डाको ३२ नं.को दायराभित्र पर्न नआउने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1041वि.सं. २०३४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन गर्न नपाउने भनी–आयकर ऐन, २०१९ ले बन्देज लगाएको नभए पछि अदालती बन्दोवस्तको १९३ नम्बरले चित्त नबुझ्ने झगडियाले पुनरावेदन गर्न पाउने कानूनी अधिकार पक्षले प्रयोग गर्न पाउने देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →