उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) अनाधिकार कागज स्वतः अमान्य भई सो काजगबाट कुनै हक हनन् नहुने हुँदा त्यस्तो कागज बदर गरी रहन र प्रतिषेधको आदेश जारी गर्न समेत नपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९५ / ४४०
(१) अनाधिकार कागज स्वतः अमान्य भई सो काजगबाट कुनै हक हनन् नहुने हुँदा त्यस्तो कागज बदर गरी रहन र प्रतिषेधको आदेश जारी गर्न समेत नपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) निर्णयमा बिगोको अंक नखुलेकोले वादीले कति भरी पाउने हो, त्यो यकिन भएन, तसर्थ हचुवा किसिमबाट निर्णय भएको देखिँदा दण्ड सजायको ४२ नं.को त्रुटी भएको । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडासदस्यले कूत बुझिलिएको भरपाई गरिदिएकोलाई कानूनी मान्यता नदिई मोहीबाट निष्कासन हुने ठहराई अधिकारप्राप्त विपक्षीबाट भएको निर्णय कानूनबमोजिम नदेखिएको । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) निर्णय नै नभएको कुरा पत्रमा उल्लेखित भएको कारणले उक्त बर्षहरूको कर निर्धारण रद्द भएको मान्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) मञ्जुरीको लिखतको अभावमा ऋण सबै अंशियारबाट समेत भराई पाउनपर्ने भन्न नमिल्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) औद्योगिक व्यवसाय ऐन, २०१८ अन्तर्गत प्राप्त भइसकेको सुविधालाई पछि बनेको औद्योगिक व्यवसाय ऐन, २०३० ले प्रतिकुल असर नगर्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) श्री ५ को सरकारले पुनरावेदन हेरी अन्तिम आदेश दिँदा निजामति सेवा नियमावलीको परिच्छेद १० को नियम १०.१ मा तोकिएका सजायहरू मध्ये जे ठिक लाग्छ सो सजाय दिन सक्ने देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) उत्प्रेषणको आदेश जारी गर्दा सर्वोच्च अदालतले पुनरावेदन सुन्ने अधिकार प्रयोग गर्दैन । यसले सिर्फ दोषयुक्त आदेशलाई बदर गर्छ । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →(१) भूमिप्रशासन ऐनको दफा १० बमोजिम लिलाम गर्नु भन्दा पहिले रोक्का राख्नु पर्नेमा सो नगरी लिलाम गरेको त्रुटीपूर्ण देखिने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) रिट निवेदनबाट के कति जग्गा कसको हो कसको दर्ता बदर हुने कसको दर्ता सदर हुने भनी हक स्थापित गर्ने निर्णय दिन नमिल्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) गुठीसंस्थान ऐन, ०२९ को दफा २६ को प्रतिबन्धात्मक वाक्यांशले ०३० साल चैत्र मसान्तसम्म गुठीसंस्थानले मञ्जूर गरेबाहेक अरूमा मोही हक नलाग्ने व्यवस्था गरेको । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) रिट निवेदनबाट प्रारम्भिक अनुसन्धानको कारवाहीलाई प्रतिषेधको आदेश जारी गरी रोक्न नमिल्ने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) धर्मपुत्रको लिखतलाई कसैले विरोध गरेको छैन भने त्यसलाई विवादको कारण बनाई ठहर गर्न मिल्दैन र लिखतको औचित्यतर्फ निर्णय दिने अधिकार भूमि प्रशासकलाई भएको नदेखिने । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडा सदस्यले कूत बुझिलिएको भरपाई गरी दिएकोलाई कानूनी मान्यता नदिई मोहीबाट निष्काशन हुने ठहर्याई भएको निर्णय कानूनबमोजिम नै देखिएकोले निवेदन अनुसार आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) नेपालको संविधानको धारा ११(६) अनुसार गिरफ्तार गरिएको व्यक्तिलाई कारण सहितको सूचना यथासक्य चाँडो दिनुपर्ने र उपधारा ७ अनुसार त्यस्तो व्यक्तिलाई बाटोको म्यादबाहेक चौविसघण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) लुटपिट गरी लगेको हो वा होइन भनी ठहर गर्ने अख्तियार भूमि प्रशासकलाई भएको नहुँदा अधिकार क्षेत्रको उल्लंघन गरी गरेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) सर्जमिन मुचुल्कालाई दोषयुक्त देखाई पुनः सरजमिन गराएकोमा पछिल्लो सरजमिनलाई प्रमाणमा नलिएको प्रत्यक्ष कानूनी त्रुटी देखिएको । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) मुद्दा परिसकेपछि वादी प्रतिवादीमा उल्लेख नगरेको कुरामा विचार गर्नुपर्ने नदेखिने । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →(१) अदालतमा परेको मुद्दाको फैसलालाई नपर्खी भूमि प्रशासकबाट बाली भराई मोही निष्कासन गर्ने ठहराएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) सूचनाबमोजिम हाजिर हुनुपर्ने व्यक्ति सूचना तामेल हुनुभन्दा अघि नै मरिसकेको र सूचना तामेल भएपछि मात्र निजको दैयादारले अड्डामा मुद्दा परी हाजिर हुनुपरेको कुरा थाहा पाउने हुँदा यस्तो अवस्था अ.बं.६२ नं.को दफा (३) बमोजिम मरेको मितिले बाटाका म्याद बाहेक ३५ दिन भि…
नजिर सार पढ्नुहोस् →(१) जुन लिखतलाई करकापबाट गराएको हुँदा बदर गरी पाउँ भनी वादीले दावी लिएको छ, सो लिखत नै बदर गर्ने गरी लिखत बदर मुद्दामा–मिलापत्र गरिसकेको हुँदा सो लिखत उक्त मिलापत्रबाट अमान्य भई निस्कृय भइसकेको देखिन आएकोले सो लिखत सम्बन्धमा अरू विचार गर्नुपर्ने अवस्था नदेखिने…
नजिर सार पढ्नुहोस् →(१) रजिष्ट्रेशनको ३५ नं.अनुसार दर्खास्त गर्दा थैली धरौट राख्नुपर्नेमा थैली थाहा छैन वा थैली थाहा पाउने श्रोत थाहा छैन भने त्यस्तो निखन्न पाउँ भन्नेले रजिष्ट्रेशनको ३५ नं. अनुसार कारवाही गर्नुपर्ने नदेखिने । थैली थाहा पाउन सक्ने कोशिस गर्न रजिष्ट्रेशन पारित गरे…
नजिर सार पढ्नुहोस् →(१) लेनदेन व्यवहारको ५ नं.मा भरपाईमा तमसुक फेला नपरेको कारण खुलाउनु पर्ने व्यवस्था भएको नपाईने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) नि.से.नि ०२१ को नियम ३, ५, ४ को (घ) अनुसार ३ महिनाको अवधि खुलेको कागजको अभावमा प्रत्यर्थीले गरेको निर्णय त्रुटीयुक्त भन्नसकिने अवस्था नहुने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →