(१) घुस खाने गरेको भन्ने सम्म उल्लेख गरेकोलाई वस्तुगत आरोप भन्न मिल्ने नदेखिने । (२) नोकरीबाट हटाउनलाई निजामती सेवा नियमावलीको परिच्छेद १० को नियम ६ को, १ देखि ९ सम्म कुन अभियोग लाग्ने हो किटानी गरी मात्रा नोकरीबाट हटाउन सकिने । (प्रकरण नं. १२)
(१) मोहियानी लागेको वा नलागेको अवस्थामा जग्गामा रहेको जग्गावालाको हक र स्थिति फरक हुन आउने हुनाले विपक्षीको निर्णयले निवेदकलाई कुनै असर पारेको छैन वा असर पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४)
(१) आय निर्धारण भएको वर्ष अघिको छुट भएको कर निर्धारण गरेको नभई स्टक क्यारीफ वोर्ड मानी आय निर्धाण भएको वर्षको नै आय निर्धाण गरेको देखिएकोमा कानूनी त्रुटि भएको भन्न नमिल्ने । (प्रकरण नं.१०)
(१) ऐनमा व्यवस्था नभएको परिचयपत्रको आधारमा निवेदकलाई नागरिकता सम्बन्धि हक प्राप्त भयो भन्ने वा त्यस्तो परिचयपत्र नहुँदैमा अथवा भएको परिचयपत्र बदर वा अमान्य हुँदैमा नागरिकताको हक लोप हुने स्थिति पर्न नआउने । (प्रकरण नं. ८)
(१) शेयर हस्तान्तरण गरेको ठिक बेठिक के हो भन्ने कुरामा हकदैया पुग्नेको उजूर परेमा कम्पनि ऐन, २०२१ को दफा २७ (३) बमोजिम निर्णय हुने कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)
(१) अस्पष्ट सहिछापलाई अदालतले विशेषज्ञलाई जँचाई विशेषज्ञको राय लिनु पर्ने बाध्यता प्रमाण सम्बन्धि ऐन, २०३१ को दफा २३ ले गरेको नदेखिने । (प्रकरण नं. १२)
(१) वतन थाहा हुँदाहुँदै पनि–वतनमा सम्पर्क स्थापित गर्ने प्रयासै नगरी एकाएक–निष्कर्षमा पुगेको देखिएकोले–निजामति सेवा नियमावली, २०२१ को परिच्छेद १० नियम १०।९ को उपनियम (२) को प्रतिबन्धात्मक खण्ड (ग) को गलत प्रयोग गरी आफ्नो अधिकारको दुरुपयोग गरेको भन्नु पर्ने । (…
(१) विभागीय प्रमुखको अधिकार प्राप्त भई नसकेकोमा सेवाबाट हटाउने गरी निर्णय गर्नु निजामति सेवा नियमावली, ०२१ को नियम १० (३) विपरित निर्णय गरेको देखिएको । (प्रकरण नं. १०)
(१) विदा अस्वीकृत भई गयल खाली गरेको आदेश नेपाल पुलिस फोर्स नियमावली, २०१५ को परिच्छेद ९ को नियम ५ को उपनियम २ मा लेखिएबमोजिमको सजाय दिएको आदेश भन्न नमिल्ने । (प्रकरण नं. १०)
(१) श्री ५ को सरकारले– कानूनी व्यवस्था अनुसार अधिकारको प्रयोग गरी पच्चीस हजार भन्दा बढी मूल्य निर्धारण भएको र सो मूल्यको हिसाबबाट भन्सार महसुल लाग्ने गरेकोमा कानूनी त्रुटी भएको भन्न नमिल्ने । (प्रकरण नं. १२)