(१) कुन सूत्रबाट कसरी अपराधको घटना जानकारी हुन गएको सो कुरा वादीलाई मात्र जानकारी भएर हुने होइन, सो मुद्दामा निर्णय दिने अदालतलाई पनि सो को विवरण जानकारी गराउनु र सो को सबूद प्रमाण पेश गर्नुपर्ने नै वादीको मौलिक कर्तव्य हुन आउने । (प्रकरण नं. १२)
(१) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ अनुसार सो ऐनको अनुसूची १ नं.भित्र पर्ने मुद्दा सोही ऐनको दफा ३ अनुसार प्रहरीमार्फत सरकार वादी भई दायर गर्नुपर्नेमा गणेशमाया श्रेष्ठको उजूरीबाट मुद्दा हेरी निर्णय गरेको कानूनअनुरुप नदेखिने । (प्रकरण नं. ९)
(१) अंशबण्डाको २० नम्बरको ऐनमा घरका लेनदेन कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनुपर्छ भनी सम्झन नहुने । (प्रकरण नं. १५)
(१) अंशबण्डाबाट एक अंशियारको भागमा परेको जग्गा अर्को अंशियारले भोगगरेमा आफ्नु अंश भागमा पर्ने जग्गाको बाली जग्गा मिच्नेको १८ नं. बमोजिम बाली भरीपाउने । (प्रकरण नं. ७)
(१) नागरिक अधिकार ऐन, २०१२ को दफा १९ बमोजिम सूचना दिई ऐ.नागरिक अधिकार ऐन, २०१२ को दफा १ अन्तर्गत हर्जाना दिलाई पाउँ भनी दावी गरी नोक्सान गरी दिने भनेको रेञ्जर कार्यालयको रेञ्जरउपर फिराद गरेको देखिएकोले यसरी नागरिक अधिकार ऐन, २०१२ को दफा १८ र १९ को विधि पुर्या…
(१) अ.बं. १९४ नं.को दफा ४ ले धरौट वा जमानीमा छाड्न इन्कार गर्नसक्ने अवस्था उल्लेख गर्दै धरौट वा जमानीमा राख्न इन्कार गर्दा सो कुराको आधार खुलाई पर्चा खडा गर्नुपर्छ भन्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १०)
(१) मुलुकी ऐन अ.बं.२४ नं.मा–आफ्ना खुसी राजीले जानी बुझी सहीछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने व्यवस्था भएकोले जानी बुझी गरिदिएको–सो मञ्जुरनामा लिखत कानूनी मान्यता नहुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १७)
(१) संविधानको धारा ७१ अन्तर्गत यस अदालतको असाधारण अधिकार प्रयोग गराई माग्न आउने व्यक्तिले यति नै समयमा रिट निवेदन गर्न आउनु पर्ने कुनै कानूनी बन्देज छैन तापनि आफूलाई असर परेकोमा धारा ७१ को असाधारण अधिकार प्रयोग गराई माग्न आउने व्यक्तिले जतिसक्यो चाँडो समयमा आफ…
(१) बिर्ता उन्मूलन ऐन, २०१६ को संशोधित दफा ७ को उपदफा (४) अनुसार बिर्तावालाले (ख) श्रेणीको जग्गा रैकरमा परिणत नगराएमा सो गराउने म्याद नाघेपछि मोहीको नाउँमा दर्ता गरिदिनु पर्ने कानूनी व्यवस्था भएको पाइन । (प्रकरण नं. १०)
(१) समितिबाट ७ दिनको सूचना जारी गरी सो सूचनाको म्यादमा हाजिर हुनआएका व्यक्तिले निवेदनमा व्यहोरा खोली निवदेन लेखिदिएको पनि–देखिन आएको हुनाले समेत यस्तो स्थितिमा निवेदकले आफ्नो व्यहोरा पेश गर्न नपाएको भन्न नमिल्ने । (प्रकरण नं. १३)
(१) कानूनले जसले नालेस गर्ने हकदैयाको व्यवस्था गरेको छ उसलेमात्र नालेस गर्न पाउने अधिकार पाएको हुन्छ, त्यस्तो अधिकार प्राप्त व्यक्तिबाट गरेको नालेस फिरादबाट मात्र कानूनबमोजिम इन्साफ तहकिकात गर्न मिल्छ । सो बमोजिम नभएकोमा अदालती बन्दोबस्तको ८२ नम्बरको विपरित हु…
(१) कुनै पनि बन्दीप्रत्यक्षीकरणको निवेदनको उद्देश्य गैरकानूनी रुपबाट थुनिएको बन्दीलाई छुटाउने हो । (प्रकरण नं. ११) (२) थुनामा राख्न आदेश दिने अधिकारी बेग्ला बेग्लै भएकोले एउटा अधिकारीको काम दुराशययुक्त भएमा अर्को अधिकारीको काम पनि दुराशययुक्त हुन्छ भनी कुन आधा…
(१) अधिकारयुक्त अधिकारीले तथ्यको आधारमा गरेका फैसलालाई बदर गर्न हुने नदेखिने । (प्रकरण नं. ७) (२) नेपालको संविधानले समानताको हक प्रदान गरेकोमा एकै तथ्यमा बेग्ला बेग्लै सजाय भयो भने संविधानको प्रतिकूल हुने प्रष्टै छ । (प्रकरण नं. ७)
(१) दान दातव्यको ४ क. नं.ले पेवामा पेवा पाउनेको खुस हुन्छ भनेको, अरू अंशियारलाई भाग लगाउन पर्ने बाध्यता छैन । (प्रकरण नं. १५) (२) दान दातव्य ४क नं.ले लिखत गरी पेवा यसले खानु भनी अधिकारको श्रृजना गर्न पेवाको धनी समर्थ भएकोले पेवाको धनीले जसले खान पाउने भनी लेखि…
(१) आयकर ऐन, २०१९ बमोजिम आयकर निर्धारणको आदेश भई लाग्ने कर जरिवाना समेत बुझाइसकेको हुँदा यस्तोमा लागू हुन नसक्ने आयकर ऐन, २०३१ को दफा ५६ को उपदफा (३) अन्तर्गत पुनः कर निर्धारण गर्ने गरी भएको श्री ५ को सरकारको निर्णय अधिकार क्षेत्रको अभावमा त्रुटिपूर्ण देखिएको…
(१) “लेनदेन व्यवहारको १२ नं.मा “हकवालाले निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्र देहायका व्यक्तिले देहायबमोजिम निखनी लिन पाउँछन्–जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिन पाउँछ” भन्ने प्रष्ट रुपमा उल्लेख भएबाट किसान भन्नाले भूमिसम्बन्ध…
(१) जग्गाधनीले मोही होइन भन्ने प्रतिवाद गर्दैमा जरिवानाको अवस्था पुगी सक्यो भन्न नहुने र वादी प्रतिवादीले दिएको सबूद प्रमाणको आधारमा ठहर गर्नुपर्नेमा पञ्चायतको पत्रलाई आधार मानी जरिवाना गरेको भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३२ को उपदफा (१) को देहायको (क) (ख) त्रुट…