नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1022 · वि.सं. २०३४

नि.नं. 1022 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै पनि बन्दीप्रत्यक्षीकरणको निवेदनको उद्देश्य गैरकानूनी रुपबाट थुनिएको बन्दीलाई छुटाउने हो । (प्रकरण नं. ११) (२) थुनामा राख्न आदेश दिने अधिकारी बेग्ला बेग्लै भएकोले एउटा अधिकारीको काम दुराशययुक्त भएमा अर्को अधिकारीको काम पनि दुराशययुक्त हुन्छ भनी कुन आधारमा भन्न सकिने हो ? त्यो प्रष्ट हुन सकेन । (प्रकरण नं. १२) (३) न्यायिक हिरासतमा हुनु र सार्वजनिक सुरक्षा ऐन अन्तर्गत प्रहरीको हिरासतमा हुनु दुई भिन्दा भिन्दै कुरा हुन् । (प्रकरण नं. १२) (४) सार्वजनिक सुरक्षा ऐनअन्तर्गत नजरबन्दमा राख्ने र अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कुरा भिन्दा भिन्दै अभिप्रायको लागि राज्यका भिन्दा भिन्दै अङ्गहरूबाट गरिने कुरा सार्वजनिक सुरक्षा ऐन, मुलुकी ऐन, ११८ नं.मा उल्लेख भएको अवस्था र विशेष अदालत ऐनको दफा ९ को उप–दफा (२) को खण्ड (छ) बाट स्पष्ट हुने । (प्रकरण नं. १२) (५) कानूनमा कपट गरेको भन्नाले जुन कामको निमित्त कानून बनेको हो, त्यो काममा प्रयोग नगरी अरू नै काममा प्रयोग गरेमा कानूनको कपटपूर्ण प्रयोग हुने । पृथक–पृथक ऐन अन्तर्गत दुईवटा भिन्दा भिन्दै अङ्गहरूले भिन्दा भिन्दै प्रयोजनको लागि ऐनको प्रयोग गरेकोमा एउटाले जुन कामको निमित्त ऐन बनेको हो, त्यो कामको प्रयोग नगरी अरू नै काममा प्रयोग गरेको छ भने पनि अर्को ऐनअन्तर्गत काम गर्न अर्को अङ्गलाई पनि सो कपटपूर्ण प्रयोगको दोषी बनाउन मिल्ने कुरा होइन । सार्वजनिक सुरक्षा ऐन अन्तर्गत थुनामा राखी बन्दीलाई मुक्त गरिसकेपछि अर्कै ऐन लगाई थुनामा राख्दा विरोधाभाष हुन जाने पनि होइन । (प्रकरण नं. १३) (६) बन्दी थुनाबाट मुक्त भई पूर्व परिस्थिति कायम नरहेको अवस्थामा अदालतले नयाँ नयाँ पक्षहरू बनाई बुझ्नु पर्ने भन्ने सर्वोच्च अदालत नियमावलीको नियम ५८ को उप–नियम (४) को मनसाय होइन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1022
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/02/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1022
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्