नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1052 · वि.सं. २०३४
नि.नं. 1052 — लोग्ने कायम गरी अंश माना–चामल पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गुप्ताङ्गको चिन्ह भन्न सकेमा करणी भएको कायम हुने भन्न नसकेमा करणी कायम नहुने भन्नु न्यायसंगत होइन । (प्रकरण नं. १५) (२) करणीको तथ्य प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण साधारणतः नहुने । कुनै दुईवटा युवक युवतीको विचमा राजी खुशीले भएको करणी सर्वसाधारणले देख्ने गरी भएको हुँदैन । त्यसैले यो तथ्य प्रमाणित गर्ने प्रत्यक्षदर्शी साक्षी पनि साधारणतः नपाईने । तसर्थ करणीको तय यकिन गर्न पक्षहरूको आचरण र परिस्थिति जन्य अन्य प्रमाणहरू मै भर पर्ने हुन्छ । पितृत्वको कुरा सधै अनुमानमै आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई साँचो मान्नु पर्ने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1052 |
|---|---|
| मुद्दाको विषय | लोग्ने कायम गरी अंश माना–चामल पाउँ |
| निर्णय वर्ष / मिति | 2034/04/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1052 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
