सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८० / ४४०

नि.नं. 1439वि.सं. २०३८संयुक्त इजलास

ज्यान

(१) जन्मेको शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोकलज्जाबाट बँच्न गरेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1438वि.सं. २०३८संयुक्त इजलास

अंश

(१) वादी प्रतिवादीका बीचमा आफ्ना–आफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका...लाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलग–अलग बसेका रहेछन भन्ने कुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1437वि.सं. २०३८संयुक्त इजलास

: फैसला बदर हक कायम गरिपाउँ

(१) राजीनामा पास गराई पाउँ भनी फिराद दर्ता गरी अदालतको विचाराधीनमा रही सकेको कुरालाई प्रतिकूल असर पार्ने गरी पास गराइपाउँ भनेकै जग्गा राजीनामा पास गराई लिएको देखियो । यस्तो अदालतको विचाराधीनमा रहेको विषयमा प्रतिकूल असर पर्ने गरी गरेको कारोवारलाई मान्यता दिन मि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1436वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) नगरपञ्चायतलाई आफ्नो क्षेत्रभित्र कर लगाउन पाउँने अधिकार प्रदान गरेको छ“दा पनि न.पं.कार्यव्यवस्था नियमावली, २०२० नियम ८ ले नियम ७ को नगरपञ्चायतको अधिकारलाई पूर्णरूपमा नियन्त्रण गरी दैनिक उपभोगका अत्यावश्यक पदार्थहरूमा कर दस्तुर फी लगाउन नपाउने व्यवस्था गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1435वि.सं. २०३८एक न्यायाधीशको इजलास

प्रतिषेध मिश्रीत परमादेश समेत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) कुनै मतपत्र वैध वा अवैध के छ भनी निर्णय गर्नको लागि कानूनले त्यस्तो मतपत्रको अवलोकन गर्छ, जो निर्वाचनमा प्रयोग गरिनको लागि मतदान अधिकृतले मतदातालाई उपलब्ध गराइएको हुन्छ र मतदान गर्ने अधिकारको सिलसिलामा मतदाताले प्रयोग गरेको हुन्छ । प्रस्तुत विषयमा मतदान अध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1434वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) भूमिसुधार अधिकारी आफैंले मोहीको लगत काट्ने पर्चा खडा गरी सकेपछि त्यसलाई आफैंले बदर गर्ने गरी निर्णय गर्न निजलाई अधिकार भएको नदेखिएकोले भू.सु.का.को निर्णय प्रत्यक्ष कानूनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1433वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण

(१) विवादको जग्गा निवेदकहरूका नाउँमा कानून नियम अनुसार रीतपूर्वक दर्ता भएको देखिँदैन । तसर्थ निवेदकहरूको हक प्रचलन गर्ने स्थिति नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1432वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गाधनीले घर कम्पाउण्ड बनाउन मञ्जूरीनामा गरी दिएको र सो बमोजिम निवेदकले घर बनाएकोले त्यसैलाई भू.सं.ऐन, २०२१ को दफा २६ (क) को तात्पर्यको लागि घर जग्गा बारी भन्नु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1431वि.सं. २०३८संयुक्त इजलास

ज्यान

(१) मानसिक सन्तुलनमा बिकार पैदा भई मारेकोभन्ने प्रमाण प्रतिवादीले पुर्‍याउनसकेको देखिँदैन । यस स्थितिमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1430वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषण

(१) डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादित हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुन्छ । तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजु भाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1429वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मर्ने साविक मोहीको यो झंकनाथ न्यौपाने भू.सं.ऐन, ०२१ को दफा २६ बमोजिम जग्गाधनिले पत्याउने नाता भित्रको नभई भतीजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन नआउने । (प्रकरण नं. ८) (२) जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबुलीयत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1428वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निकास सम्बन्धी अन्याय पर्ने व्यक्तिले आफूलाई अन्याय परेको कुराको उपचारको माग गरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी समक्ष आएको हुनुपर्छ र ऐनबमोजिम अधिकार प्राप्त अधिकारी सो कुरामा निर्णय दिन सक्षम हुन्छ । अर्को कुनै अधिकारी वा कार्यालयबाट लेखी आएको आधारमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1427वि.सं. २०३८पूर्ण इजलास

अंश

(१) प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1426वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं

(१) भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही हुनलाई अरूको जग्गा कमाउनुपर्ने व्यवस्था उल्लेख छ । विपक्षीले पाएको ४ नं. जोताहा अस्थाई निस्साबाट अरूको जग्गा कमाएको भन्ने देखिँदैन तसर्थ निजलाई उक्त जग्गाको मोहियानी प्रमाणपत्र बनाइदिने गरी गरेको निर्णयमा भू.सं.ऐन, २०२१ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1425वि.सं. २०३७संयुक्त इजलास

जग्गा दर्ता

(१) विशेष अदालत ऐन, २०३१ को दफा १० ले क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने कानुनी व्यवस्था भएकै हुँदा, परेको पुनरावेदनमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा नगरी पुनरावेदन लिई निर्णय दिन नमिल्ने भनी पुनरावेदन खारेज गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिएकोले सो निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1424वि.सं. २०३७संयुक्त इजलास

सन्धी हक निखनाई पाउं

(१) जुन कित्तामा सन्धीसर्पन पर्छ सो कित्ता सन्धीसर्पन पर्ने व्यक्तिले मात्र निखन्न पाउँछ तसर्थ सन्धीसर्पन नपरेको जग्गा निखन्न पाउने हुनसक्तैन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1422वि.सं. २०३७संयुक्त इजलास

कूलो पानी

(१) नयाँ कूलो बदर गरी पानी मेरै सदर गरिपाउँ भनी फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले प.क्षे.अ.ले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1421वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

(१) निवेदिकाको नाउँमा दर्ता रहेको घर जग्गा लिलाम गर्दा निजलाई बुझी लिलाम गर्नुपर्नेमा निजलाई बुझ्दै नबुझी गरिएको लिलाम दण्डसजायको २६ नं. विपरीत भई त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1420वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) भोगबन्धकी निखनाई पाउँ भनी दावी लिएको सम्पत्ति निखन्न दिनुपर्ने बन्धकी सम्पत्ति हो होइन भन्ने प्रमाणित बुझी इन्साफ दिनुपर्ने देखिन्छ सो हुँदा उक्त कानुनी व्यवस्था अनुसार नालेश गर्नु भनी सुनाई दिनुपर्नेमा नसुनाई निखनाई दिने ठहराई गरेको निर्णय प्रत्यक्ष कानुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1419वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) विवादास्पद जग्गाको प्रचलित दर दशहजार हो वा मुआब्जा कमिटीबाट निर्धारण गरेको मूल्य रु.६ हजार हो सो कुरा तथ्यको विषय भएको त्यस्तो तथ्यभित्र प्रवेश गरी निर्णय दिन रिट क्षेत्रबाट नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1418वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) मोहीले कमाएको जग्गा मलाई बसोवास गर्न घरबारीको निमित्त क्षतिपूर्ति दिई मोहीसँग झिकी पाउँ भन्ने निवेदकको परेको उजूरी, सरजमीन मुचुल्कामा पनि पक्की घर बनिराखेको देखिएको हुँदा घरबारीको लागि जग्गा झिक्न नमिल्ने भन्ने विपक्षी का.न.पं.वैठकबाट निर्णय भएको देखिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1417वि.सं. २०३७संयुक्त इजलास

परमादेशको आदेश जारी गरिपाउं

(१) औद्योगिक व्यवसाय ऐनले नै यस्तो उद्योगमा ३ वर्ष सम्म आयकर छूट पाउने कानुनी हक निवेदकलाई कानुनले प्रदान गरिसकेको र निवेदकले उद्योग स्थापना गर्न इजाजत पाउँदासमेत ३ वर्ष सम्मको आयकर छूट पाउने स्वीकृति पाइसकेकोमा आयकर सहुलियत दिने वा नदिने भन्ने बारेमा कुनै किस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1416वि.सं. २०३७संयुक्त इजलास

जग्गा खिचोला

(१) पारित नभएको लिखतको कानुनी महत्त्व नहुने हुँदा वादी दावी नपुग्ने ठहर्‍याई गरेको फैसला समेत मनासिव ठहर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1415वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिने । (प्रकरण नं. १७) (२) आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरीलाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवरजस्ती…

नजिर सार पढ्नुहोस् →