नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1418 · वि.सं. २०३७
नि.नं. 1418 — उत्प्रेषणको आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहीले कमाएको जग्गा मलाई बसोवास गर्न घरबारीको निमित्त क्षतिपूर्ति दिई मोहीसँग झिकी पाउँ भन्ने निवेदकको परेको उजूरी, सरजमीन मुचुल्कामा पनि पक्की घर बनिराखेको देखिएको हुँदा घरबारीको लागि जग्गा झिक्न नमिल्ने भन्ने विपक्षी का.न.पं.वैठकबाट निर्णय भएको देखिन्छ । यस्तो उजूरीमा निर्णय दिनपाउने विपक्षी का.न.पं.लाई भूमिसम्बन्धी ऐन,२०२१ को दफा २७ ले अधिकार प्राप्त भएकै र कानुनद्वारा अधिकार प्राप्त अधिकार विपक्षी का.न.पं.बैठकले आफ्नो अधिकारक्षेत्रभित्र रही सरजमीन समेतको सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष त्रुटि नदेखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1418 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/11/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1418 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
