नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1436 · वि.सं. २०३८

नि.नं. 1436 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नगरपञ्चायतलाई आफ्नो क्षेत्रभित्र कर लगाउन पाउँने अधिकार प्रदान गरेको छ“दा पनि न.पं.कार्यव्यवस्था नियमावली, २०२० नियम ८ ले नियम ७ को नगरपञ्चायतको अधिकारलाई पूर्णरूपमा नियन्त्रण गरी दैनिक उपभोगका अत्यावश्यक पदार्थहरूमा कर दस्तुर फी लगाउन नपाउने व्यवस्था गरेको प्रष्ट रूपमा देखिन आएकोले विपक्षीको मिलबाट उत्पादन हुने दैनिक उपभागेका पदार्थ तेल र चामलमा निवेदकले करको ठेक्का लगाउने र असूल उपर गर्ने समेत गरेको कानून विपरीत देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1436
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/02/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्