नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1435 · वि.सं. २०३८
नि.नं. 1435 — प्रतिषेध मिश्रीत परमादेश समेत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै मतपत्र वैध वा अवैध के छ भनी निर्णय गर्नको लागि कानूनले त्यस्तो मतपत्रको अवलोकन गर्छ, जो निर्वाचनमा प्रयोग गरिनको लागि मतदान अधिकृतले मतदातालाई उपलब्ध गराइएको हुन्छ र मतदान गर्ने अधिकारको सिलसिलामा मतदाताले प्रयोग गरेको हुन्छ । प्रस्तुत विषयमा मतदान अधिकृतले मतदातालाई मतपत्र उपलब्ध गराएको र मतदाताले प्रयोग गरी सकेको देखिन नआएको हुनाले यस अवस्थामा निवेदकका जिकिर अनुसार निर्वाचनमा प्रयोग गरिने मतपत्रको सम्बन्धमा अहिले विवेचना गरी त्यसतर्फ निर्णय गर्नु कानूनसंगत नदेखिने । (प्रकरण नं. ७) (२) निर्देशिकाको दफा १२ को (ङ) मा बहालवाला कर्मचारीले निर्वाचनमा उम्मेद्वार हुन नपाउने र रा.पं.स.निर्वाचन ऐन, ०३३ को दफा ५ को उपदफा (१) संशोधित (ङ) ले पनि रा.पं.स.तथा मन्त्री परिषद्का व्यक्तिहरूले पारिश्रमिक पाउने भएको र यस्तो पारिश्रमिक पाउने कसैले पनि उम्मेद्वार बन्न नपाउने भन्ने निवेदन जिकिर सम्बन्धमा निवेदक उम्मेद्वार भएका जिल्लामा कुन बहालवाला रा.पं.स.तथा मन्त्री परिषद्का व्यक्तिहरू उम्मेद्वार भएका छन् सो निवेदनमा उल्लेख गर्न सकेको देखिँदैन । उक्त निवेदनमा उल्लिखित केही नेपाल ऐन (संशोधन) अध्यादेश, ०३७ द्वारा संशोधित राष्ट्रिय पञ्चायत । सदस्य निर्वाचन ऐन, २०३३ को दफा ५ को उपदफा (१) को खण्ड (ङ) हेरिएमा श्री ५ को सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको वा सरकारी अनुदान पाएको संस्थाबाट तलब पाउने व्यक्ति वा त्यस्तो संस्थाको बहालवाला कर्मचारी भन्ने उल्लेख भएको पाइन्छ । (प्रकरण नं. ८) (३) रा.पं.स.तथा मन्त्रीहरू उक्त ऐन अनुसार श्री ५ को सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थाको वा सरकारी अनुदान पाएको संस्थाबाट तलब पाउने व्यक्ति वा त्यस्तो संस्थाको बहालवाला कर्मचारी भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) (४) निवेदकको हकमा कुनै तात्विक असर परेको भन्ने कुरा देखिन नआएकोले प्रत्यर्थीहरूसँग लिखितजवाफ मागिरहन आवश्यक नदेखिएको हुँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1435 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेध मिश्रीत परमादेश समेत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/01/14 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1435 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
