(१) एकपटक यौटालाई जग्गावाला हो भनी निवेदक स्वयंले भनेको कुरालाई फरक गरी सफा हात शुद्ध नियतले रिट निवेदन आएको नदेखिने । (प्रकरण नं. ८) (२) दर्ता प्रमाण समेतको आधारमा कूत भरी पाउने र वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भनी तथ्यको निरोपण गरी विपक्षी भू.…
(१) अ.बं.१८६ नं. मा मृत्युदण्ड सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको अभियुक्त क्षे.अ.बाट फैसला हुँदा कारागारमा मृत्यु भइसकेको भन्ने क्षेत्रीय अदालतको फैसलाबाट देखिएकोले अ.बं.१७६ नं. ले मर्ने अभियुक्तलाई खतबात नलाग्ने भएकोले यस्तो स्थितिमा साधक जाहेर गर्न नपर्ने ।…
(१) आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको बोलाउन जाँदा नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटप…
(१) विधवा स्त्री जाति गाउँ घरको सिधा अवला नारी, आफू भन्दा तल्ला जातको व्यक्तिसँगको सहबासबाट उत्पन्न भएको गर्भलाई राखी रहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएको बच्चालाई निजको भनाई र अठोटमा लागी मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने…
(१) विदेशी नागरिक ठहर्याउनु अघि निजले आफ्नो नागरिकता परित्याग गरी अर्को देशमा नागरिकता प्रमाणपत्रको प्राप्तिको लागि आवेदन दिई प्रमाणपत्र प्राप्त गरेको छ छैन सो सम्बन्धमा सबूत प्रमाण हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)
(१) निवेदक साधारणतर्फको स्थायी पदमा बहाल रही पछि आफ्नै साधारणतर्फको पदमा फर्कने गरी विकास योजना चालू रहेसम्मको लागि गएको अवस्थामा निवेदकको साधारणतर्फको नोकरी खण्डित भएको हो भनी मूल्यांकन गर्न मिल्ने होइन । (प्रकरण नं. ६) (२) निवेदक साधारणतर्फको नोकरीमा अटूट बह…
(१) बदर भइसकेको निर्णय बमोजिम भएको कुनै कुरा पछिको निर्णयमा कायम राख्नलाई त्यसको अधार निर्णयमा उल्लेख हुन नितान्त आवश्यक छ । बदर भइसकेको निर्णय पछिको निर्णयमा कायम राख्ने आधारमा उल्लेख हुन नसकी त्यसको अभावमा गरेको निर्णय आधारहीन भई त्रुटिपूर्ण हुने । (प्रकरण न…
(१) अड्डामा रहेको श्रेस्ताबाट देखिएपछि निवेदक तथा निजको दातालाई बुझी निर्णय गर्नुपर्नेमा सो नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध देखिने । (प्रकरण नं. ९)
(१) ज्यान जस्तो गम्भीर अपराधमा दोषीलाई यथाशिघ्र पक्राउ गरी दण्ड दिलाउने तर्फ कार्यवाही गर्नुपर्ने भएकोले प्रचलित ऐन कानुन बमोजिम चाँडो कार्यवाही गर्नुपर्ने भनी विपक्षी कार्यालयहरूका नाममा आदेश जारी हुने । (प्रकरण नं. ६)
(१) निवेदकले विश्वविद्यालय स्तर निर्धारण लिष्ट अनुसारको परीक्षा उत्तीर्ण नभई त्रिभुवन विश्वविद्यालयलाई झुक्याई किर्तिपुर बहुमुखी क्याम्पसमा प्रवेश गरेको देखिएबाट निवेदक सफा हातले आएको नदेखिएबाट रिट निवेदन खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११…
(१) गुठी संस्थान ऐन, २०३३ को दफा ६२ मा “यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाही र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने…
(१) हरूवाहीमा जग्गा जोत्ने व्यक्ति मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउने लाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदे…
(१) निवेदकले पूर्जा पाएको मितिबाट जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ को उपदफा (१) को म्याद ४५ दिनभित्रै विपक्षीको नाममा दर्ता गरेको बदर गरी दर्ता पूर्जा पाउँ भनी दिएको उजूरीमा हक बेहक तेरो मेरो देखिन आएकोले अदालतबाट हक प्राप्त गरी अन्तिम निर्णय भएबमोजिम हुने भनी…
(१) वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो आर्जनको चल, अचल सबै आफ्नो खुसी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२) मा लेखिएबमोजिम हुने । (प्रकरण नं. २९) (२) बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकम…
(१) अंशबण्डाको २० नं. मा घरको लेनदेन कामकाज गर्ने जानकारसँग फाँट लिई बण्डा गरिदिनु भन्ने र २१ नं. मा दबाएकोमा नदबाउनेले ऐन बमोजिम खान पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट अरू अंशियार जिम्मा रहेको फाँटवारी अनुसार बण्डा गर्न पर्ने भनी सम्झन नमिल्ने । (प्रकरण न…
(१) मुचुल्काको अवस्था समेतलाई विचार गरी हुनसक्ने जरीवाना र कैद बापतको हुने बिगोको धरौटी राख्नु भनी अ.बं.११८ नं. को देहाय (१९) बमोजिम धरौटी लिई कारवाही गर्ने भनी अधिकार प्राप्त अधिकारीले आदेश पर्चा गरी धरौटी नराखेबाट थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न…
(१) क्षेत्रीय अदालत नियमावलीको नियम १८(ङ) मा सिंगलबेञ्चले तल्लो अदालतको निर्णय फरक पर्ने देखेमा डिभिजन बेञ्चमा पेश गर्नुपर्ने व्यवस्था भएकोमा अञ्चल अदालतको इन्साफ फरक पारी सिंगलबेञ्चले गरेको निर्णय उक्त नियमको त्रुटि देखिएकोले उक्त निर्णय बदर हुने । (प्रकरण नं…
(१) अदालतबाट भएको निर्णय अनुसार गरी नामसारी दर्ता गरिदिन लेखी पठाएअनुसार मालपोत कार्यालयले दर्ता गरेको भन्ने भएबाट अदालतको फैसलालाई कार्यान्वित गरेकोमा निवेदकलाई नबुझेकोले प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्ने अवस्था नदेखिने । (प्रकरण नं. ८)
(१) जरीवाना गरेको सम्बन्धमा जरीवाना गर्नु पूर्व आफ्नो कुरा भन्न पाउने अवसरबाट बञ्चित गरिएको देखिन्छ । यसरी बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
(१) वादी दावीमा निर्णय नगरी वादीको निवेदनपत्र तामेलीमा राख्ने गरेको सर्वथा उचित पर्दैन, त्यस्तो बेरीत र कानुनको आधार नभएको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
(१) घरसारमा बण्डापत्र गरी आफ्नो भाग जग्गा आफ्नो नाउँमा दर्ता गरी भोगचलन खरीदबिक्री गरेको र वादी प्रतिवादीहरू बीच मुद्दाहरू परेको समेत प्रमाणबाट, वादीले प्रतिवादीसँग अंश लिइसकेको भन्ने प्रष्ट देखिने । (प्रकरण नं. १३)