नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1407 · वि.सं. २०३७
नि.नं. 1407 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो आर्जनको चल, अचल सबै आफ्नो खुसी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२) मा लेखिएबमोजिम हुने । (प्रकरण नं. २९) (२) बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश बकस गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहरो हक दिलाउन नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिने । (प्रकरण नं. २९) (३) प्रतिवादीले पहिले तायदाती नखुलाए पनि पछि आफ्नो जिम्माको भनी खुलाउन आई बण्डा हुने हो भनी तायदाती दिन्छ भने त्यस्तो पनि बण्डा गर्न बाधा नदेखिने । (प्रकरण नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1407 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2037/09/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय भई डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री ईश्ररीराज मिश्रको उक्त रायहरूमा मूलतः मानो छुट्टिएको मितिको सम्बन्धमा मैतक्य हुन नसकेको पाइन्छ । प्रस्तुत मुद्दामा ०२१।३।३ मा मानो छुट्टिएकोले सोको अघिल्लो दिनसम्मको तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भनी वादीले फिराद दिएकोमा प्रतिवादीहरू मध्येका काशिराजले वादीको लोग्ने टिकाराज १९८२ सालमा नै मानो छुट्टिएको भनेको | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रज्यूको रायसँग यस बेञ्च सहमत हुनसकेन । तसर्थ मानो छुट्टिएको मितिमा वादी प्रतिवादीको मुख नमिलेको र मानो छुट्टिएको लेख सबूत प्रमाण पनि केही देखिन नआएको आधारमा निवेदन परेको अधिल्लो दिनसम्मको तायदाती लिई वादीलाई अंश छुट्याई दिने गरेको क्षेत्रीय अदालतको निर्णय ठीक ठह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको मतभिन्नता नरहेकोले समेत उपरोक्त आधारहरूमा वादी दावा बमोजिम ५ अंशियार कायम गरी वादीलाई ५ भागको एक भाग अंश पाउने ठह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1407 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
