सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८२ / ४४०

नि.नं. 1401वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) अभियुक्तले मारेको हो भनी प्रहरीमासमेत साविती कागज गरेको देखिँदा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहराएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1400वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) बक्सिङ हानेको रिसमा एकैपटक चुप्पी रोपेको मर्मस्थानमा पर्न गई ज्यान मर्न गएको देखिएको यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाउन पर्ने राय जाहेर गरेको मनासिव देखिएकोले अभियुक्त पुनरावेदकलाई १० वर्ष मात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1399वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) मृतकसँग ज्यान लिने इवीलाग वा मनसाय भएको मिसिल प्रमाणबाट देखिन नखाएको अभियुक्तले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिए पनि त्यसैद्वारा ढुंगाले हानी लागेको चोटबाट निधारमा रगत जम्न गई मरेको देखिन आएकोले अभियुक्तले ढुंगाले हानेको चोटबाट ज्यानसम्बन्धीको ५ न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1398वि.सं. २०३७पूर्ण इजलास

लेनदेन

(१) तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई २०२० साल भाद्र १ गते देखि प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा व्यवस्था गरी सो ऐनमा उल्लिखित कुरामा उजूर गर्ने हदम्याद उक्त नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. ले २ वर्षको हदम्याद तोकिएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1397वि.सं. २०३७संयुक्त इजलास

प्रतिषेधको आदेश जारी गरिपाउं

(१) नागरिकता ऐन, २०२० को संशोधिन सहितको दफा १० को उपदफा ३(क) ले श्री ५ को सरकारलाई नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार दिएकोमा आदेश बेगर प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक काम कारवाही उठाएको अधिकारबिहिन देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1396वि.सं. २०३७संयुक्त इजलास

परमादेश वा उपयुक्त जो चाहिने आदेश जारी गरिपाउं

(१) करीब ६ महीना ढिला गरी रिट निवेदनपत्र दर्ता गरेको र ढिलाई गरेको कारणलाई पनि मनासिव मान्न नहुने हुँदा विलम्बको सिद्धान्तको आधारमा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1395वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) सबूत प्रमाणको मूल्यांकन नगरी गरेको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(२) बमोजिम कूत बुझाएको रसिद लिनुपर्नेमा त्यस्तो लिखतको सबूत बेगर बाली बुझाएको ठहराई गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1394वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) सर्वास्वसहित जन्मकैद गर्ने गरी शुरूबाट निर्णय भएकोमा सो निर्णय उपर निजहरूले पुनरावेदन नगरी बसेको र मर्नेलाई बन्चरोले हानी मारेमा प्रहरीमा र अदालतमा समेत निजहरू सावित भएको देखिएकोले समेत निजहरूलाई सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको शुरूको निर्णय सदर गरी जाहे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1393वि.सं. २०३७पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) जग्गा बिक्री वितरणको सूचना प्रकाशित भएपछि हदम्यादभित्र निज मोहीले जग्गा प्राप्तिको लागि निवेदन दिएको नदेखिएकोले भू.सं.नियमहरू, ०२१ को नियम २३ को उपनियम (१) को (क) बमोजिम निज मोहीले जग्गा दावी गर्नसक्ने देखिँदैन तसर्थ भू.सु.का. झापाको सूचना प्रकाशन पछि म्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1392वि.सं. २०३७पूर्ण इजलास

ज्यान मार्ने उद्योग

(१) वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने नियत थियो भन्ने देखिँदैन, यस स्थितमा प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ बमोजिम सजाय गर्न मिल्दैन, वारदात कुटपिटको हुँदा यसै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1391वि.सं. २०३७पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउं

(१) पहिले परेको निवेदकको निवेदनमा निर्णय गर्न बाँकी नै राखी पछि परेको निवेदनबाट निज निवेदकलाई जग्गाधनी प्रमाण पूर्जा दिने गरेको विपक्षी भू.प्र.को निर्णय कानुनसंगत नदेखिनुको साथै प्रत्यक्ष त्रुटिपूर्ण निर्णय देखिन आएकोले उक्त दुईवटै निवेदनपत्रमा परेको एउटै जग्ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1390वि.सं. २०३७पूर्ण इजलास

जालसाजी

(१) एकै जग्गा दुई साहूले पाउने भनी दावी गरेको बखतमा जग्गा पाउन निमित्त लिखतलाई जालसाजी भन्न पाउने हो । वादी हरिनारायण प्रतिवादी कमला भएको लिखत पास मुद्दामा हरिनारायणको लिखत पास हुने ठहराई स.अ. डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव ठहराई फुल बेञ्चबाट फैसला भएको टि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1389वि.सं. २०३७पूर्ण इजलास

लिखत पास

(१) दुबै साहुको घरायसमा लिखत भएकोमा हरिनारायणले अदालतमा फिराद दायर गरिसकेको र टिकारामले फिराद दायर गर्ने सुविधा लिई ऐनले दिएकोमा म्यादभित्रै अदालतमा फिराद दर्ता गरेको छ । जुन निर्णयले अदालतमा फिराद गरेको मिति पहिले हुनआएको छ, त्यही तर्कले हरिनारायणले पास गरिपा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1388वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) एक महिला कर्मचारीले दिएको उजूरी निवेदनको आधारमा (निज उपर) विभागीय कारवाही चलाई सजाय गरिएको पाइए तापनि श्री ५ को सरकारको निर्णय हुनुभन्दा अगावै महिला कर्मचारीले चलाएको बहुविवाह मुद्दा नचल्नसक्ने भनी काठमाडौं जिल्ला अदालतले तामेलीमा राख्ने तथ्य र अंश माना चा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1387वि.सं. २०३७संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

(१) निवेदकलाई बन्दीमा राखी दिने बारे वन संरक्षण विशेष अदालत काठमाडौं डिभिजन कार्यालयले जिल्ला कार्यालय सदरखोर शाखालाई लेखेको पत्रमा अभियोग, कानुनको नम्बर दफा नखुलेकोले उक्त पत्रलाई अदालती बन्दोबस्त १२१ नं. बमोजिम थुनुवा पूर्जि भन्न नमिल्ने र मुद्दाको पुर्पक्षक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1386वि.सं. २०३७संयुक्त इजलास

ज्यान

(१) ज्यान मारेको मुद्दामा ज्यानमारा हुनालाई हेरिने तत्त्व मध्ये मनसाय थियो थिएन भनी हेरिने एउटा तत्त्व हुन्छ । यदि त्यस्तो तत्त्व थियो भने ज्यानसम्बन्धीको १३ नं. ले अधिकार गर्छ । त्यसैले ज्यान मार्ने मनसाय भए नभएको थाहा पाउनलाई निजले प्रयोग गरेको हतियार वा कार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1385वि.सं. २०३७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउं

(१) बढुवामा स्थान नपाई चित्त नबुझेको उम्मेदवारले आफूले बढुवा पाउने पद आधारहरू भए सो समेत खुलाई उजूर गर्नुपर्ने र उक्त आधारहरूको सीमाभित्र रहेर छानविन गरिसकेपछि निष्कर्षमा उजूरी सुन्ने अधिकारीले सो उजूरीको निर्णय गरी नियमको उपनियम (९) मा उल्लेख भएबमोजिम नामावली…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1384वि.सं. २०३७

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

(१) प्रमाणपत्र पाई स्थापना भइसकेको उद्योगलाई खारेज गर्नुभन्दा अगावै किन खारेज गर्नुनपर्ने भनी स्पष्टीकरण लिई मात्र गर्नुपर्नेमा सो कुरा गरेको भनी लिखितजवाफमा उल्लेख भएको देखिँदैन । तसर्थ विपक्षी कार्यालयहरूको निर्णय अनुसार खारेज गरेको भनी लेखेको पत्र प्राकृतिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1383वि.सं. २०३७पूर्ण इजलास

लेनदेन

(१) वादीको आफ्नो पहिलेको पारित हुन नपाई कपाली भएको भनेको वादी दावीको लिखतको थैली बाँकी राखी अर्को छुट्टै थैली दिई आफ्नो अघिको लिखत भित्रकै जग्गा समेतको जग्गा आफ्नो नाबालख छोराका नाउँमा पास गरी लिने स्थिति नै नहुँदा वादीले पछि छुट्टै अर्को रु.१३०१। थैली दिई आफ्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1382वि.सं. २०३७पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) अनुसार क्षे.अ.मा पुनरावेदन परेकोमा प.क्षे.अ.ले उक्त अंश मुद्दाको कार्यवाही किनारा गर्नुपर्नेमा नगरी प्रतिवादीबाट पेश भएको तायदातीबाट बिगोले हदमुनि देखिएको भन्न अञ्चल अदालतको अधिकारक्षेत्रभित्र प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1381वि.सं. २०३७संयुक्त इजलास

लिखित पास कीर्ते

(१) सक्कल लिखतमा अक्षर अंक थपी कीर्ते नगरेको भनी क्षेत्रीय अदालतले ठहर गरेको रहेछ, त्यसमा सक्कल लिखत हेर्दा तपसीलमा लेखेको जग्गा थप गरेको भन्ने हकमा जग्गा पेटबोलीमा लेखेकै हुनाले केही थपेको भन्न भएन किनारामा निवेदकको पतिले हस्ता र ल्याप्चे समेत सहिछाप गरेको कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1380वि.सं. २०३७संयुक्त इजलास

लेनदेन

(१) बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1379वि.सं. २०३७संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

(१) कानुन बमोजिम पुनरावेदन गरेमा पुनरावेदन तहबाट कानुन अनुसार विचार हुने अवस्था रहेको यस्तो स्थितिमा सर्वोच्च अदालतको असाधारण अधिकार प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने भएको हुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1378वि.सं. २०३७संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

(१) स्थानाभावले काठमाडौंको कारागारमा राख्न प्रमुख जिल्ला अधिकारीले लेखी पठाएको अनुरोधपत्रको आधारमा बागमती अञ्चलाधिशको कार्यालय बाट सो बमोजिम गर्न लेखी पठाइदिएको कुरा फाइल संलग्न कागजातहरूबाट देखिन आउँछ यस्तो स्थितिमा क्षेत्राधिकार नाघी थुनामा राखेको भनी निवेदक…

नजिर सार पढ्नुहोस् →