नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1378 · वि.सं. २०३७

नि.नं. 1378 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्थानाभावले काठमाडौंको कारागारमा राख्न प्रमुख जिल्ला अधिकारीले लेखी पठाएको अनुरोधपत्रको आधारमा बागमती अञ्चलाधिशको कार्यालय बाट सो बमोजिम गर्न लेखी पठाइदिएको कुरा फाइल संलग्न कागजातहरूबाट देखिन आउँछ यस्तो स्थितिमा क्षेत्राधिकार नाघी थुनामा राखेको भनी निवेदक तर्फबाट भएको जिकिर दुरुस्त नदेखिने । (प्रकरण नं. १०) (२) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम नजरबन्दमा राख्ने आदेश दिएको देखिनाले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1378
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं
निर्णय वर्ष / मिति2037/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्