नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1386 · वि.सं. २०३७
नि.नं. 1386 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ज्यान मारेको मुद्दामा ज्यानमारा हुनालाई हेरिने तत्त्व मध्ये मनसाय थियो थिएन भनी हेरिने एउटा तत्त्व हुन्छ । यदि त्यस्तो तत्त्व थियो भने ज्यानसम्बन्धीको १३ नं. ले अधिकार गर्छ । त्यसैले ज्यान मार्ने मनसाय भए नभएको थाहा पाउनलाई निजले प्रयोग गरेको हतियार वा कार्यहरूबाट पत्ता लगाइन्छ । जुन हतियार प्रहारको परिणामले मृत्युको सम्भावना अवश्य नै थियो भने त्यसलाई मनसाय गरेको भन्नुपर्छ, यस्तो ख्यालमा राखी उक्त ऐनको १४ नं. मा सजायको व्यवस्था भएको देखिने । (प्रकरण नं. ३८) (२) जिउमा रहेको घा चोटहरूको रूपबाट घातकी हतियारबाट परेको हो भन्ने देखिन आएको नहुँदा ज्यानसम्बन्धीका १४ नं. अन्तर्गतको कसूर यसलाई मान्न परेको छ । त्यस्तो कसूर क–कसले कुन–कुन मात्रामा गरेका हुन् भनी ठहर गर्न मृतकको टाउकोमा सबै भन्दा ठूलो चोट परेको नै मृत्युको कारण हो भनी ठहर गर्न (सो प्रहार यसले गरेको हो भन्ने निश्चय हुन नसकेको–सम्बन्धित प्रकरणबाट राखिएको – संयोजक) अरूले समेत कुटपिट गर्दा संयुक्त रूपमा परेको चोटको वेदना नै एकत्रित हुन गई सोको (Cumulative effect) मृत्यु भएको देखिन्छ । त्यसकारणले चोट छोडनेहरू पृथक–पृथक उक्त १४ नं. को सजाय भागी देखिन आउने । (प्रकरण नं. ३८) (३) प्रतिवादी भिमप्रसाद र रणबहादुरले हात छोडेको हो, लाठी इत्यादिले हानेको हो भनी बकपत्र भएको देखिएन, जब वादीतर्फबाट सबूत पुर्याइँदैन भने निजहरूले कसूर गरेको ठहराउन सबूत नपुग्ने । (प्रकरण नं. ४०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1386 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2037/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1386 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
