नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1393 · वि.सं. २०३७
नि.नं. 1393 — उत्प्रेषणको आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा बिक्री वितरणको सूचना प्रकाशित भएपछि हदम्यादभित्र निज मोहीले जग्गा प्राप्तिको लागि निवेदन दिएको नदेखिएकोले भू.सं.नियमहरू, ०२१ को नियम २३ को उपनियम (१) को (क) बमोजिम निज मोहीले जग्गा दावी गर्नसक्ने देखिँदैन तसर्थ भू.सु.का. झापाको सूचना प्रकाशन पछि म्यादभित्र निवेदकले दरखास्त हाली रीतपूर्वक जग्गा प्राप्त गरेकोमा उक्त जग्गा जफत गरी हक नलाग्ने मोहीलाई बिक्री वितरण गर्ने ठहराएको भू.आ.को निर्णय मनासिव नठहर्ने। (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1393 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/06/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1393 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
