उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं
(१) दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८३ / ४४०
(१) दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) अधिकार प्राप्त अधिकारीले आफूलाई नियमले तोकेको अधिकारक्षेत्रमा रही भए गरेको निर्णय कानुन बमोजिम नै भएको देखिएबाट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै अंशमा दावा लिन नपाउने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) शिक्षा नियमावली, २०२८ को नियम ४७ मा उचित र पर्याप्त कारण भएमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई देहायको विभागीय सजाय गर्नसकिने छ भन्ने र देहायको खण्ड (घ) मा जिल्ला शिक्षा सेवा आयोगको परामर्श लिई नोकरीबाट बर्खास्त गर्ने भन्ने उल्लेख भएकोबाट सो कानुनी व्यवस्…
नजिर सार पढ्नुहोस् →(१) लिखत पारित गरी लिने समूहभित्र परेकोलाई पनि उक्त ऐनले सुविधा दिन मिल्ने गरी हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर गर्दागर्दै रजिष्ट्रेशन पास गर्नसक्ने देखिन्न भनी ठहर गरेको डिभिजन बेञ्चको मिलेन बकसपत्र पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालत…
नजिर सार पढ्नुहोस् →(१) विपक्षीले बाली बुझाउने म्याद मागी म्याद दिएको कुरा वादीको वारिसले समेत स्वीकार गरेको मिसिल अध्ययनबाट देखिन आयो । यसरी वारिसले बाली बुझ्न स्वीकार गरेकोले मोही निष्कासन नहुने गरी अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको देखिन आएको हुँदा निवेदकका मा…
नजिर सार पढ्नुहोस् →(१) मेची अञ्चलका सहायक अञ्चलाधिशले निवेदकलाई बागमती अञ्चलभित्र मात्र बस्नु भनी आदेश गरेकोमा आफ्नो क्षेत्र बाहिर लागू हुने गरी गरेको उक्त आदेशमा राजपत्रमा प्रकाशित सूचनाको अनुकूल नदेखिएकोले अधिकार अतिक्रमण गरी गरेको उक्त आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (…
नजिर सार पढ्नुहोस् →(१) जि.पं.ऐन, ०३१ को दफा (२) ले जि.पं.ले भर्ना गर्न पाउने देखि बाहेक श्री ५ को सरकार गृ.पं.मन्त्रालयका निर्णयानुसार नियुक्ति सेवा परिवर्तन तथा बढुवा समेत गर्दैआएको कर्मचारी उपर उक्त ऐनको दफा २ ले नियुक्ति बढुवा तथा बर्खासी गर्ने अधिकार प्रदान गरेको देखिन आउँदै…
नजिर सार पढ्नुहोस् →(१) निवेदकहरूलाई असर परेको विभिन्न निर्णयहरू बदर गराई माग्न छुट्टाछुट्टै रिट निवेदन दिनुपर्नेमा सो बमोजिम नगरी विभिन्न मितिको विभिन्न निर्णयहरू बदर गर्न एउटै रिट निवेदनबाट मिल्ने देखिन नआएकोले प्रस्तुत रिट निवेदन बाट कारवाई गर्न नमिल्ने । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →(१) साधारण अधिकारक्षेत्रमा पर्न आई अदालतबाट दर्ता बदर मुद्दामा फैसला गर्दा पनि निवेदकको हक रहने नरहने भन्ने किनारा हुने नै हुनाले नेपालको संविधानको धारा १०,११ को समानताको हक देखाई भू.प्र.का. काठमाडौंबाट गरेको पर्चा बदर गराउन निमित्त परेको निवेदनपत्रमा अदालतमा…
नजिर सार पढ्नुहोस् →(१) आमा भनी प्रहरीमा बयान गर्ने गोगिया र अदालतमा आई आमा भनी बयान गर्ने सायरा भनेकाको बयान परस्पर नमिल्दो देखिएको र एउटै व्यक्ति हो भन्ने तथ्यसाथ यकीन हुन नआएकोले निजको बयानमा भर गर्न नमिल्ने । (प्रकरण नं. २५) (२) जबरजस्ती करणी भएपछि पनि सँगै सुतेको भनी बयान गर…
नजिर सार पढ्नुहोस् →(१) मोहियानी झिकी दिने वा नझिक्ने के हो सो कुरा प्रष्ट खुलाई निर्णय गर्न कानुनले प्रदान गरेको अधिकारक्षेत्र ग्रहण नगरी अधिकार नभएको भन्दै निवेदकले दिएको निवेदन खारेज गरेको डुम्राहा गाउँ पञ्चायत कार्यालय सुनसरीको निर्णयमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २८(१) को प्…
नजिर सार पढ्नुहोस् →(१) नालिस उजूर गर्ने हकदैया प्राप्त व्यक्तिको उजूर परेकोमा इन्साफ तहकिकात गर्नुपर्नेमा सरजमीनको आधारमा निर्णय गरेको न्यायिक मनको अभावमा निर्णय गरेकोले बाली भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने उजूरीलाई खारेज गरेको त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर…
नजिर सार पढ्नुहोस् →(१) स्पष्ट कानुनी व्यवस्थाको अभावमा खाइपाइसकेको निवृत्तभरणलाई गैरकानुनी भन्न मिलेन, तसर्थ तत्काल प्रचलित कानुनले विरोध नगरी निवेदकले खाइपाइसकेको निवृत्तभरणलाई फिर्ता माग गर्ने गरेको निर्णय मनासिव नदेखिएको हुँदा यस सम्बन्धी सम्पूर्ण कारवाईलाई उत्प्रेषणको आदेशद्…
नजिर सार पढ्नुहोस् →(१) अ.बं.१८४(क) नं. मा भएका व्यवस्था अनुसार मुद्दा हेर्ने अधिकारीले बुझ्नुपर्ने भनी बुझिएको प्रमाण बुझी हेरी सो प्रमाणको समेत उचित मूल्यांकन गरी मुद्दाको निर्णयमा पुग्नुपर्ने हुनआउँछ । तदनुसार प्रमाणको उचित मूल्यांकन नभएको र ऐनले पनि अनिवार्य रूपमा बुझ्नुपर्ने…
नजिर सार पढ्नुहोस् →(१) सर्वोच्च अदालतबाट निर्णय हुनुअघि अञ्चल अदालतबाट फैसला भएपछि पनि बिगो भराई पाउँ भनी परेको दरखास्त दावीमा उक्त ऐनले स्पष्ट शब्दमा बाध्य गरेको जायजातको कारवाही नै नगरी अञ्चल अदालतको निर्णय आदेशले निष्क्रिय स्थितिमा पहिले बिगो भराउने गरी भएको रूपन्देही जिल्ला…
नजिर सार पढ्नुहोस् →(१) प्रमुख जिल्ला अधिकारीबाट लेखेको पत्रमा दिन् ३५ को म्याद दिएको छ तापनि सो म्याद केवल जग्गाको प्रमाणले पाउने मुआब्जा उठाइलिनको लागि सम्म म्याद तोकिएको देखिँदा सो पत्रलाई जग्गा प्राप्ति ऐन, ०३४ अनुसारको पत्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) गाली बेइज्जती ऐन, २०१६ को दफा १० ले वादीलाई जरीवाना गर्दा उक्त दफामा उल्लेख भएका पूर्वाधारहरू उल्लेख गरी सो आधारमा जरीवाना गर्नसकिने व्यवस्था भएको देखिन्छ । पूर्वाधारहरूको उल्लेख नगरी केवल जरीवाना मात्र गर्न ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) कसूर अनुसारको सजाय हुने कानुनी व्यवस्थामा कसूर नै फरक हुनगयो भने त्यो सजाय पनि स्वभावैले फरक हुने हुँदा बदर हुन्छ । एउटा दोष लगाएकोमा अर्को दोष लगाएको हो भनी निर्णय गर्दा मुद्दाको तथ्य नै बोध नभई कसूर अनुसारको सजाय नहुने हुनाले मुद्दाको विषय नै त्यस्तो निर…
नजिर सार पढ्नुहोस् →(१) लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकोले वादीको दृष्टिबन्धक लिखतमा थैली बुझाउनेको भाखा २ वर्षको मात्र ब्याज बुझाउने उल्लेख भई सो बाहेक धितो चलन नगरी कपाली भएको अवस्थामा थैलीको ब्याज बुझाउने लिखतमा नलेखिएकोले थैली ब…
नजिर सार पढ्नुहोस् →(१) घर बनाउनेको ११ नं. को ऐनले घर बनेको मितिबाट १ वर्षभित्र उजूर गर्नुपर्ने सो गरेको नहुँदा घर बनाएको कलममा घर बनाई खिचोला गरे भन्ने वादीको उजूर नपुग्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) डिभिजन बेञ्चका आदेश बमोजिम सहिछापको फोटो खिचाई विशेषज्ञहरूको बोर्डबाट जाँच गराउँदा भित्री रेखाहरू फोटोबाट मधुरो रूपबाट देखिएको हुँदा बुझिन्छ भनी प्रतिवेदन दिएकोले खारेज गर्न नमिल्ने भई ठहरे माफिक फैसला गर्न पठाउनुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) यसमा मुख्य वादीले मलाई ९ थान कागज करकापसँग गराएको भन्ने जिकिर लिएको अरू कागजहरू दाखिल हुन समेत नआएको मिसिल सामेल रहेको सो ०१५।८।१८।४ को मो.रु.११००। को कपाली तमसुक हेर्दा लिफामा लेखिएको भए ल्याप्चे रेखा माथि अक्षर लेख्ने हुनुपर्ने सो नभई उक्त लिखतको दोश्रो…
नजिर सार पढ्नुहोस् →