जालसाजी
(१) मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८४ / ४४०
(१) मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्…
नजिर सार पढ्नुहोस् →(१) देवानीतर्फ जालसाजी मुद्दामा मिलापत्र गरेको हुनाले यस्तो मिलापत्र अ.बं.१८२ नं. विरूद्ध हुने । (प्रकरण नं. ३)
नजिर सार पढ्नुहोस् →(१) मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्न…
नजिर सार पढ्नुहोस् →(१) ऐन बमोजिम म्याद दिएको नदेखिएमा र ऐनले समेत पाएको म्यादमा लामो अवधिपछि परेको पुनरावेदन भन्दै खारेज गर्ने गरेको कानुनी त्रुटि भएको भन्नुपर्ने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →(१) म्याद यस ठाउँमा टाँसेको भन्ने व्यहोरा लेखिएको नहुनाले अ.बं.१० नं. को रीत पुगी तामेल भएको भन्न नहुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) अवकाश दिने अधिकारीलाई निवेदकको सेवा अनावश्यक छ भन्ने अनुभव भई दफा ८ को रीत पुर्याई अवकाश दिइएकोमा अनावश्यक भएको पर्याप्त कारणहरू उल्लेख नगरिएको भन्दैमा उक्त अवकाश नियम विपरीत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ४)
नजिर सार पढ्नुहोस् →(१) बाँकीवाला आसामीको जेथा लिलाम नगरी जेथाजमानी हुनेको जेथा लिलाम गरेको जमानी गर्नेको ६ नं. विपरीत देखिँदा उक्त मितिको लिलाम र त्यस सम्बन्धबाट गरेको पर्चा, पूर्जि, सूचना, निर्णय आदि उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने। (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) ऋण माग गरेको फारामलाई ऋण लिएको प्रमाण भन्न मिल्ने नदेखिएको हुँदा त्यसप्रकार ऋण माग गरेको निवेदन फारामलाई आधार बनाई, निवेदकले ऋण लिएको ठहर्छ भनी प्रमाणको अभावमा जि.का.भू.प्र.शाखा रौतहटले त्रुटिपूर्ण निर्णय गरेको देखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) विवादको जग्गा हरूवाई शर्तमा कमाउन पाएकोमा विवाद छैन । यस स्थितिमा भू.सं.ऐन, २०२१ को दफा २५(२) को कानुनी व्यवस्था अनुसार विवादग्रस्त जग्गामा मोहियानी हक कायम भएकै सम्झनुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत नदेखिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) खेतको साँधबाट अहड बाली लगाउन पानी ल्याएको कुलो भत्काई बेमाख गरी दिएको दावा भएकोमा सामुहिक कुलो पानी विषयको मुद्दा नभएकोले म.क्षे.अ.ले अधिकारक्षेत्रको अभावमा गरेको निर्णय बदर हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) जग्गा कमाएको पुष्टि भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ को उपदफा (४) बमोजिम मोहियानी हक समाप्त गर्न नमिल्ने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) सामान्य कानुनी व्यवस्था अनुसार दायर नभएकोले, तत्काल प्रचलित न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (२) बमोजिम क्षेत्रीय अदालतमा पुनरावेदन लाग्न नसक्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन हेरी कार्यवाही किनारा गरेको बदर हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) अनाधिकार रूपबाट अधिकारक्षेत्र ग्रहण गरी एक कित्ता जग्गाको हकमा सम्म रैकरमा परिणत गरी नाउँसारी गरिदिने ठहर्छ भनी विपक्षी भू.प्र.का. काठमाडौंका शाखा अधिकृतले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) वादीको फिराद लेखाइमा राजीनामा कागजको पीठमा सहिछाप गराई लगेको भन्ने लेखेको छ प्रतिवादीले पेश गरेको लिखतमा बन्धकी भन्ने देखिएको हुँदा वादी दावीको कागज देखिन नआएको र थैलीको अंक पनि नमिलेको यो यति थान कागजमा सही गराएको भन्ने वादीले लेख्नसकेको नदेखिएको उक्त पेश…
नजिर सार पढ्नुहोस् →(१) यसमा ०३५।९।५ बाट ०३५।१०।२५ को तारेख तोकिएको सो तारेखमा हाजिर हुने म्याद छँदै ०३५।९।९ मा वादी मध्येको रत्नकुमारीको मृत्यु भएकोले म्याद तारेख गुज्रेको नभई तारेखमा हाजिर हुनुपर्ने ०३५।१०।२५ गतेकै दिन मुद्दा सकार गरिपाउँ भन्ने निवेदन पर्न आएकोले मुद्दा सकार गर…
नजिर सार पढ्नुहोस् →(१) निजामती कर्मचारीले आफ्नो ओहदाको कर्तव्य पालनमा वा ओहदाको कर्तव्य पालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निजामती कर्मचारी उपर उजूर गर्दा मात्र उक्त दफा १० को व्यवस्था लागू हुने हो फिल्डबुक सच्याई, पहिले एउटाको नाम लेखिएको काटी अर्काको नाम थपी दिएको भन…
नजिर सार पढ्नुहोस् →(१) कानुन व्यवस्थापनको सिद्धान्त अनुसार कुनै अदालत वा कुनै अर्धन्यायिक अधिकारीले कुनै मुद्दा मामिलामा कानुन बमोजिम ग्रहण गरिसकेको अधिकारक्षेत्र कानुनमा किटानीसाथ अन्यथा व्यवस्था भएमा बाहेक अर्को निकायमा सर्दैन । कानुन बमोजिम कुनै निकायलाई प्राप्त भएको कुनै अधि…
नजिर सार पढ्नुहोस् →(१) लोग्नेको देहान्त पछि मोही हुनलाई जग्गावालाले पत्याएको हुनुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) पति पत्नीको सम्बन्ध कायम रहने वा विच्छेद हुने अवस्थाहरू लोग्ने स्वास्नीको १ नं. मा वर्णित भएको र कानुनमा व्यवस्थित कुरामा सबूत प्रमाण बुझी सम्बन्धविच्छेद हुने वा नहुने भन्ने निर्णय गर्दा नेपालको संविधानको धारा १४ मा बाधा पर्न नजाने । (प्रकरण नं. ३)
नजिर सार पढ्नुहोस् →(१) दुवै पक्ष मञ्जूर भई मुद्दा मिलापत्र गरी पाउने अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिई मिलापत्र भए गरेको कुरालाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →