नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1350 · वि.सं. २०३७

नि.नं. 1350 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1350
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2035/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मिनबहादुर थापा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्