नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1352 · वि.सं. २०३७
नि.नं. 1352 — उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको रीर्पोटमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले निवेदकले जानी–जानी झुठ्ठा फाँटवारी दिएको भनी जि.भू.सु.अ. कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1352 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने |
| निर्णय वर्ष / मिति | 2023/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1352 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
