नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1336 · वि.सं. २०३७

नि.नं. 1336 — राजीनामा खोसी झुक्याई सही गरायो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीको फिराद लेखाइमा राजीनामा कागजको पीठमा सहिछाप गराई लगेको भन्ने लेखेको छ प्रतिवादीले पेश गरेको लिखतमा बन्धकी भन्ने देखिएको हुँदा वादी दावीको कागज देखिन नआएको र थैलीको अंक पनि नमिलेको यो यति थान कागजमा सही गराएको भन्ने वादीले लेख्नसकेको नदेखिएको उक्त पेश भएको लिखतममा बन्धकी तमसुक बमोजिमको रूपैयाँ बुझी लिई भन्ने लेखी ल्याप्चे सहिछाप परेको सो सहिछाप भिडाउँदा विशेषज्ञले वादीको सहिछापसँग भिड्छ भन्ने राय व्यक्त गरेको र उक्त कागज वादीलाई सुनाउँदा पनि मेरो सहिछाप होइन भन्नसकेको नदेखिएको सो बाहेक अरू दरपीठ भएको कागज छ भनी भन्न पनि नसकेको हुनाले समेत उक्त कागजबाट प्रतिवादीले राजीनामा गरी दिएको भन्ने देखिन नआई बन्धकी दिएको भन्नेसम्म देखिने । (प्रकरण नं. २४) (२) भोगबन्धकी कागजको आधारमा वादीका नाउँमा खान्गी खारेज हुँदा दर्ता गराएको देखिएकोले बन्धकी जग्गालाई दर्ताको प्रमाणले मात्र राजीनामा ठहराउन उचित नपर्ने र झुक्यान पारी राजीनामा हात लगाई लिई पीठमा सही गराई लिई गएको भन्ने कुराको पत्यारलायकको सबूत पनि वादीबाट पेश दाखिल हुन नसकेकोबाट समेत निवेदकको जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1336
मुद्दाको विषयराजीनामा खोसी झुक्याई सही गरायो
निर्णय वर्ष / मिति2022/08/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री लोकराज जोशी | माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1336
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्