नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1387 · वि.सं. २०३७
नि.नं. 1387 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकलाई बन्दीमा राखी दिने बारे वन संरक्षण विशेष अदालत काठमाडौं डिभिजन कार्यालयले जिल्ला कार्यालय सदरखोर शाखालाई लेखेको पत्रमा अभियोग, कानुनको नम्बर दफा नखुलेकोले उक्त पत्रलाई अदालती बन्दोबस्त १२१ नं. बमोजिम थुनुवा पूर्जि भन्न नमिल्ने र मुद्दाको पुर्पक्षको निमित्त पर्चा खडा गरी थुनामा राख्नुपर्नेमा पूरै अनुसन्धान गर्नुपर्ने भएबाट भन्दै अनुसन्धानको लागि थुनामा राखी कारवाई गर्ने भनी वन संरक्षण विशेष अदालत काठमाडौं वन डिभिजनको आदेश विशेष अदालत ऐन, ०३१ को दफा ९(२)(६) को समेत प्रतिकूल देखिएकोले निवेदकलाई गैरकानुनी थुनामा राखेको देखिने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1387 |
|---|---|
| मुद्दाको विषय | बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/06/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1387 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
