नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1383 · वि.सं. २०३७

नि.नं. 1383 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीको आफ्नो पहिलेको पारित हुन नपाई कपाली भएको भनेको वादी दावीको लिखतको थैली बाँकी राखी अर्को छुट्टै थैली दिई आफ्नो अघिको लिखत भित्रकै जग्गा समेतको जग्गा आफ्नो नाबालख छोराका नाउँमा पास गरी लिने स्थिति नै नहुँदा वादीले पछि छुट्टै अर्को रु.१३०१। थैली दिई आफ्नो नाबालख छोराका नाउँमा जग्गा पारित गराइलिएको भन्ने पत्यारलायक देखिन नआउने हुनाले वादीको अघिको ०२८।६।१ कै लिखत थैली रु.१३०००। मै वादीको छोराको नाउँमा जग्गा राजीनामा गरी ०२९।१२।१४ मा पारित गरी लिएको भन्ने देखिन आएकोले वादी दावी झुठ्ठा ठहर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1383
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2037/06/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय विपक्षी वादी एकबहादुरले इन्द्रराजबाट मिति ०२८।६।१ मा रु.१३ | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको र सावाँ ब्याज पाउँ भन्ने वादी दावी झुठ्ठा ठहराएको शुरू चितवन जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय भई रायमा बाझी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दा देखियो । | माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय मनासिव ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1383
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्