नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1430 · वि.सं. २०३८
नि.नं. 1430 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादित हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुन्छ । तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजु भाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी मोहीको नाम कट्टा गर्ने गरेको निर्णय उपर परेको रिट निवेदन डिभिजन बेञ्चले खारेज गरेको छ उक्त रुलिङ्ग बाझियो भनेको मुद्दामा बाबु छोराको बीच अंश छोडपत्र भइसकेको र बेगल परिवार देखिएको भन्दै रिट जारी गर्ने भन्ने निर्णय भएको हुँदा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय भएको देखिँदैन यस्तो स्थितिमा सो निर्णयसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको छ भन्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1430 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2038/01/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1430 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
