सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७९ / ४४०

नि.नं. 1464वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण लगायत रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) कानूनले व्यवस्था गरे बमोजिमको अर्को म्याद जारी नगरी भूमिसुधार अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिन्छ । तसर्थ उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानूनबमोजिम गर्नु भनी विपक्षी भूमिसुधार शाखा नवलपरासीका नाममा परमादेशको आदेश जारी हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1463वि.सं. २०३८संयुक्त इजलास

कुलो पानी

(१) वादीको दावी बमोजिम सामुहिक कुलो पानीको प्रस्तुत मुद्दा देखिन आउँदैन न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सामूहिक कुलो पानीको मुद्दामा जिल्ला अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1462वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ

(१) भू.सं.ऐन, २०२१ को संशोधन सहितको दफा २६(१) बमोजिम निवेदकको बाबु मर्दा निज मोहीका नाउँमा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई भूमिसुधार अधिकारीले निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1461वि.सं. २०३८संयुक्त इजलास

छाप दस्तखतसमेत कीर्ते

(१) सरकारी अड्डाको छाप र हाकिमको दस्तखत कीर्ते गर्‍यो भनी प्रस्तुत मुद्दा चलेको छ तर पुनरावेदकले कीर्ते मात्र गरेको नभई उक्त क्रियाबाट जग्गा प्राप्त गर्न खोजेको छ भन्ने कुरा मुद्दाको प्रकृतिबाट देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विशेष प्रहरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1460वि.सं. २०३८संयुक्त इजलास

गाली वेइज्जती

(१) गोरखापत्रमा सम्पादकलाई चिठ्ठी भन्ने स्तम्भको नेपाल महिला संगठन केन्द्रको भनाई भन्ने शीर्षक राखी प्रतिवादीद्वारा लेखिएको लेखाई स्वभाविक निष्कर्ष आउने गरी समग्रमा पढ्दा (Read in its Forality, so as to reach a natural inference) उक्त लेखका शब्दहरू अपमानजनक दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1459वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी पाउँ

(१) जग्गाको साविक फिल्डबुकमा कायम भइराखेको मोहीको लगत कट्टा गरी अर्को मोही विपक्षीलाई मोही कायम गरी निर्णय गर्नलाई सो जग्गाको जग्गाधनी निवेदकलाई पनि बुझी प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्नेमा सो बमोजिम जग्गाधनी निवेदकलाई बुझी निर्णय गरेको देखिएन तसर्थ ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1458वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) यस अदालतले अपनाई आएका सिद्धान्त मध्ये प्राकृतिक न्यायको सिद्धान्त र न्यायिक मनको प्रयोग महत्वपूर्ण हुन । अर्धन्यायिक अथवा न्यायिक अधिकारीले गरेको कुनै पनि निर्णयमा यदि यी दुई सिद्धान्त वा दुई मध्ये कुनै एक सिद्धान्तको अपहेलना भएको पाइन्छ भने त्यसलाई सदर गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1457वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) जमानीमा रहेको घर जग्गा रोक्का राख्ने सम्बन्धमा केन्द्रीय तहसील कार्यालयको अनुरोधमा ३ नं. नापी गोश्वाराले रोक्का राखेको त्रुटिपूर्ण मान्न सकिने अवस्था नहुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1456वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

(१) कागजमा अटोमोबाइल क्लब जर्मन (ADAC) ले सो कार्नेटको म्याद थप ६ महीनाको लागि पठाएको देखिएको व्यहोरा प्रमाणित गरिएको छ भन्ने उल्लेख भएबाट कार्नेटको म्याद थप नभएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1455वि.सं. २०३८संयुक्त इजलास

प्रतिशेधको आदेश जारी गरिपाउँ

(१) निवेदकले प्राप्त गरेको नक्सा प्रमाणपत्रको विरुद्ध घर निर्माण गरेमा नगरपञ्चायतबाट कानूनबमोजिम हुने कुरामा निवेदकले कानूनबमोजिम प्राप्त गरेको नक्सा प्रमाण बमोजिम बनाउन लागेको घर निर्माण कार्य रोक्का गर्नु भन्ने प्रहरी शिविर लैनचौरको र काठमाडौं उपत्यका नगर वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1454वि.सं. २०३८संयुक्त इजलास

जग्गा बाली बिगो

(१) क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ को देहाय (ङ) मा पुनरावेदनको अनुमति दिइएको मुद्दा डिभिजन बेञ्चबाट हेरी निर्णय हुने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दा माथि लेखिए अनुसार सर्वोच्च अदालतबाट पुनरावेदन दिने अनुमति प्राप्त गरी पुनरावेदन दायर भएको मुद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1453वि.सं. २०३८संयुक्त इजलास

जग्गा खिचोला दर्ता बदर

(१) विभिन्न प्रतिवादीहरू उपर एउटै चारकिल्लाभित्रको जग्गालाई लिई फिराद गरेको एउटै झगडाको विषय देखिएकोले उक्त फिरादपत्रबाट सबै प्रतिवादीहरू उपर इन्साफ गर्न मिल्ने नै नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1452वि.सं. २०३८संयुक्त इजलास

ज्यान

(१) करणीमा बिग्री गर्भ रही बालिका जन्मदा बेथामा भएकोले जिउँदो वा मरेको के थियो थाहा पाउन सकिँन भनी अभियुक्तले प्रहरीमा र मृत बालिका जन्मेको भनी अदालतमा बयान गरेको पाइन्छ । बालिकाको लाश सडी गली सकेको भन्ने लाशप्रकृति मुचुल्का भई पोष्टमार्टम समेत हुन सकेको देखिँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1451वि.सं. २०३८संयुक्त इजलास

ज्यान

(१) जाहेरीमा लेखिएका व्यक्ति र अदालतमा बयान गर्दा लेखिएका व्यक्ति फरक–फरक देखिन आएकोले निज प्रतिवादीले नै मारेको हो कि भन्न पनि तथ्य सबूत प्रमाण मिसिलबाट केही नदेखिएको, शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1450वि.सं. २०३८संयुक्त इजलास

ज्यान

(१) प्रहरीमा कर्तव्य गरी मारेकोमा सावित भई बयान गरे तापनि पोलेको आधारमा मात्र अन्य समर्थित स्वतन्त्र तथा तथ्ययुक्त प्रमाणको अभावमा शंकै शंकामा प्र.लाई अपराधी सिद्ध गर्नु फौजदारी न्याय सिद्धान्तको विरुद्ध हुन जाने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1449वि.सं. २०३८संयुक्त इजलास

बण्डापत्र पास

(१) मुद्दा पर्दापर्दै अड्डा बाहेक अन्यत्र रही खडा गरेको मिलापत्र सरहको बण्डापत्र पारित गर्नलाई बाधा नदेखिएको कुरा के भने पञ्चायत समेत रही खडा भएकोले हो, अब पारित हुन लायक देखिए पनि त्यस्तो लिखत पारित गरौंला भन्ने बोली नपरे पनि ऐनले रजिष्ट्रेशन पारित गर्न पर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1448वि.सं. २०३८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा खिचोला पर्न आएको कुरामा उजूर गर्ने हदम्याद जग्गा मिच्नेका १८ नं. बमोजिम प्रतिवादीले प्रमाणपूर्जा लिएकोबाट दर्ता गरेको फिराद हदम्याद भित्र नै दर्ता भएको हुँदा खारिज गर्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1446वि.सं. २०३८संयुक्त इजलास

अंश

(१) एकपटक बण्डापत्र भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1445वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भू.सं.ऐन, ०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधार लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1444वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि भएका निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले गरेको उक्त निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1443वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदनमा आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय कायम हुने यस किसिमबाट यसरी खुद आय हुने भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय कायम हुने हो उक्त पर्चामा पनि प्रष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1442वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा नापजाँच ऐन, २०१९ संशोधन सहितको दफा ११(ख) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले समिति गठन गरेको ....समितिलाई तेरो मेरो परेको कुरामा हेरी निर्णय दिन पाउने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1441वि.सं. २०३८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) अन्तर्गतको मोही कायम गर्न उक्त ऐनको दफा ३४ को उपदफा २ अन्तर्गत कबुलीयत हुनुपर्ने त्यसको पनि अभाव देखिएकाले मोही कायम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1440वि.सं. २०३८संयुक्त इजलास

ज्यान कर्तव्य

(१) विष खुवाई मार्नु पर्ने सम्मको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठ मात्र कैद हुने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →