(१) प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारो सँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिन तिर खुल्ला भई सो तिनै तिरबाट हावा प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुन…
(१) पेन्सनको दावी निवेदकले गरेकोमा निजामती सेवा गरेबापत ऐन नियमबमोजिम पाएको पेन्सेनलाई अन्यथा गर्ने श्री ५ को सरकारको निर्णय सामथ्र्य प्राप्ति गर्न पर्याप्त हुँदैन भन्ने कुरा मिति ०३५।१।१ देखि लागू भएको निजामती सेवा नियमावलीको नियम ७ को प्रतिबन्धात्मक वाक्यांश…
(१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ मा गरिएको व्यवस्था अनुसार अदालतबाट निर्णय गराउनु भनी सुनाई दिनुपर्नेमा मालपोत कार्यालयबाट सो अनुसार गरेको निर्णय उपर पुनरावेदन परी जाँदा जिल्ला कार्यालय काभ्रेपलाञ्चोबाट वादीले निखन्न पाउने ठहर गरेको देखिएको र रजिष्ट्रेशनको…
(१) प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेको देखि बाहेक सबै कुरा गर्ने अधिकार हुन्छ । तर कानूनद्वारा श्रृजित व्यक्तिलाई कानूनले दिएजति अधिकार मात्र प्रयोग गर्ने शक्ति हुन्छ । जिल्ला पञ्चायत एक संगठित संस्था भएकोले यो एउटा कानूनी व्यक्ति हो, कानूनले दिएको अधिक…
(१) अधिकार नभएको कुरामा अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट कैफीयत तलब गरी पुनरावेदन सुनेको जस्तो तरीका अपनाई भूमिप्रशासन कार्यालयबाट दाखिल खारेज गरी जग्गाधनी प्रमाणपूर्जा दिने गरी भएको ठहर निर्णयलाई बदर हुने ठहर्छ भनी गरेको प्र.जि.अ.जिल्ला कार्यालय दाङको निर…
(१) मदिरा ऐन, २०३१ प्रारम्भ भएको ऐनले मदिरा राख्नलाई पनि इजाजतपत्र लिनुपर्छ भन्ने कुनै व्यवस्था गरेको देखिएन । मदिरा राख्नु अपराधजन्य कार्य हो भनी उक्त ऐनले दण्डनीय बनाएको नपाइने । (प्रकरण नं. २०)
(१) इनारमा डुबी मरेको बालक प्रतिवादीकै हो भन्ने कुरा वादीबाट प्रमाणित हुन नसकेकोले प्रमाणको अभावमा प्रतिवादीले आफ्नो छोरीलाई इनारमा डुबाई कर्तव्य गरी मारेको होला भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १५)
(१) नेपालको संविधानको धारा १०(३) मा सरकारी सेवा वा अरू कुनै सार्वजनिक सेवाको नियुक्तिमा कुनै पनि नागरिक माथि केवल धर्म, वर्ण, लिंग, जात जाती वा ति मध्ये कुनै कुराको आधारमा भेदभाव हुने छैन भनी व्यवस्था गरेको संविधानको उक्त धारा १०(३) अन्तर्गत निवेदकको माग जिकिर…
(१) जबरजस्ती करणीको महलको ४ नं. मा उल्लेख भएको हुलहुज्जत गर्ने, जबरजस्ती लग्ने र समाउने इत्यादी जुनसुकै काम गरे पनि जबरजस्ती करणी गर्ने काममा सहयोग पुर्याएको मान्नु पर्छ । (प्रकरण नं. १४)
(१) वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेमा र निजको साथमा नावालक छोरासमेत भएकोले लोग्ने बाबु उपर फिराद परेको यस्तो अवस्थामा वादीले अंशबण्डाको १० नं. को आधारमा अंशमा दावी गर्न पाउने र वादीलाई प्रतिवादीले कुटपिट गरी घरबाट निकाला गरेको भन्ने तथ्य ठहर भएकोमा लोग्…
(१) पक्षहरूले पेश गरेको प्रमाणहरूको उचित मूल्यांकन गरी भूमिसुधार अधिकारीले निर्णय गर्नुपर्नेमा नगरी गरेको निर्णयमा अ.बं.१८४क. को त्रूटि भएको देखिने । (प्रकरण नं. १०)
(१) अ.बं.१३३ नं. को प्रयोग कुन हालतमा हुने हो भन्ने अधुरो कुरा खुलेकोलाई पुरा गर्न पर्यो भने मात्र नखुलेको कुरालाई खुलेको अंशबाट कागज गराउन हुन्छ । दर्तावालाको नाम, जग्गाको नाम नै खुल्दैन भने झगडा परेको जग्गा कुन दर्ताको हो वादीको हक कसरी भएको हो नखुलेकोले नै…
(१) पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोबस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्…
(१) जग्गा प्राप्ति ऐन, २०१८ को दफा ४(२) बमोजिम जग्गामा गर्नु पर्ने टाँस पूर्जि नै नगरी दफा ७(१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले निर्णय गरेको देखिएकोले जग्गा प्राप्त गर्ने गरेको गैरकानूनी निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने । (प्रकरण नं. १४)
(१) कर्तव्यमा लापरवाही के कुन कारणबाट भयो भन्ने कुराको आधार र कारणमा विद्यार्थीहरू लाई भड्काउने, दलगत राजनीतिमा लाग्ने, हड्तालमा विद्यार्थीहरूका तर्फबाट पर्चा लेखी छपाउन मद्दत गर्ने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उचित र पर्याप्त कारण नै उल्लेख नगरी डिनले नि…
(१) घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छु्याउनु पर्ने देखिन आएमा हक बेहक छुट्याई आएपछि मात्र नक्सा गर्नुपर्नेमा सो बमोजिम नगरी साझा बाटो कायम गरी नक्सा पास गरी दिने गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १०)
(१) कानूनी व्यवस्था अनुसार भूमिप्रशासन कार्यालयमा थैली धरौट राखी हक निखन्न पाउँ भनी दरखास्त दिने निवेदिकाले हक निखनी लिन पाउने ठहराएको भू.प्र.का.बर्दीयाको निर्णयलाई बदर गरी घरसारमा रुपैयाँ“ बुझाई लिनेको रजिष्ट्रेशनको ४४ नं. को अधिनमा रही रजिष्ट्रेशनको ३७ नं. ब…
(१) अधिकारक्षेत्रको अभावमा निवेदकहरू लाई जिल्ला पञ्चायतको सदस्यताबाट निष्काशित गर्ने गरी जिल्ला पञ्चायत बैठक रूपन्देहीबाट गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १३)
(१) कुनै निर्णयले जब निवेदकको हक समाप्त गरी हालेको छैन भने निवेदकको हक हनन् भई नै सकेको छ भन्ने सम्झी धारा ७१ अनुसार हक प्रचलन गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १०)
(१) कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षी भूमिसुधार अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निवेदकले जग्गा कमाएको जग्गाधनी र मोहीको बीचमा हुनुपर्ने दोहरी कबुलीयत नभएको र कूत बुझाएको रसीद समेत नभएको भन्ने आधारमा दोहरी कबुलीयत र रसीद समेतका सबूत प्रमाणको मू…
(१) एकपटक अदालतमा मुद्दा परी मिलापत्र गरिसकेपछि पुनः जग्गामा खिचोला गरे भनी निवेदकबाट फिराद परी तत्सम्बन्धमा शुरू देखि क्षेत्रीय अदालत समेतका तहतह अदालतबाट इन्साफ फैसला भइसकेको कुरामा रिट क्षेत्रबाट सो इन्साफ निर्णय बदर गराई माग्न आएको देखिन्छ । तहतह अदालतबाट…
(१) जिकिर लिएको विवादास्पद जग्गाको प्रचलित दर रू.१०,०००।– दस हजार हो वा मुआब्जा कमिटीबाट निर्धारण गरेको मूल्य रू.६,०००।– छ हजार हो सो कुरा तथ्यको विषय भएको र त्यस्तो तथ्यभित्र प्रवेश गरी निर्णय दिन रिट क्षेत्रबाट नमिल्ने । (प्रकरण नं. १०)