नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1482 · वि.सं. २०३८
नि.नं. 1482 — निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारो सँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिन तिर खुल्ला भई सो तिनै तिरबाट हावा प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुने सन्धिसर्पन पर्ने कुरा देखिन आउँदैन, प्रतिवादीले किनेको घरको छिँडी तल्लामा वादीको घरको निकास छ भनी वादीमा उल्लेख गरेको तर भई आएको नक्सा मुचुल्काबाट प्र.ले किनेको घरमा वादीमा उल्लेख भए अनुसार वादीको धारा चोक तथा बलेसी समेतको पानी जाने निकास छ भन्ने कुरा देखिन आउँदैन यस्तो अवस्थामा प्र.ले किनेको घर वादीको सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा वादीले निखन्न नपाउने ठहराएको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1482 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2038/07/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1482 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
