नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1472 · वि.सं. २०३८

नि.नं. 1472 — १ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोबस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्थामा ठेक्काकर, बिक्रीकर र आयकर दिनु नपर्ने भए सो कुरा उक्त पट्टा कबुलीयतमा उल्लेख हुनुपर्ने तर सो नभई उक्त पट्टा कबुलीयतको तपसीलको ४ दफामा प्रचलित दरबन्दी बमोजिम ठेक्काकर, बिक्रीकर र आयकर समेत किस्ताको साथ साथै अग्रिम बुझाउने कबूल भएकोले ठेक्का र बिक्रीकर आयकरमा विपक्षी अन्तःशुल्क विभागले पक्रन पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1472
मुद्दाको विषय१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/06/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1472
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्