नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1463 · वि.सं. २०३८
नि.नं. 1463 — कुलो पानी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीको दावी बमोजिम सामुहिक कुलो पानीको प्रस्तुत मुद्दा देखिन आउँदैन न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सामूहिक कुलो पानीको मुद्दामा जिल्ला अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको छ । तसर्थ अञ्चल अदालतको अधिकारक्षेत्र भएको मुद्दामा अधिकारक्षेत्र अतिक्रमण गरी शुरूको फैसला उपरको पुनरावेदन सुनी निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अधिकार क्षेत्रात्मक त्रुटि हुँदा सो फैसला उल्टी हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1463 |
|---|---|
| मुद्दाको विषय | कुलो पानी |
| निर्णय वर्ष / मिति | 2038/01/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1463 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
