नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1449 · वि.सं. २०३८

नि.नं. 1449 — बण्डापत्र पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुद्दा पर्दापर्दै अड्डा बाहेक अन्यत्र रही खडा गरेको मिलापत्र सरहको बण्डापत्र पारित गर्नलाई बाधा नदेखिएको कुरा के भने पञ्चायत समेत रही खडा भएकोले हो, अब पारित हुन लायक देखिए पनि त्यस्तो लिखत पारित गरौंला भन्ने बोली नपरे पनि ऐनले रजिष्ट्रेशन पारित गर्न पर्ने लिखतलाई बोली नपरे पनि पारित गर्न हुने नै भयो । त्यसरी आपसमा लेनदेन गर्दा आफूले लिनुदिनु गर्न हुने कुरामात्र लिनदिन हुने हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले परस्परमा लेनदेन गर्न नपाउने अरू जग्गाधनी भएको मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्ता मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्तो मोहियानी हकका जग्गा बाहेक गरी अरू लिएदिएको पाउने गरी लिखत पारित गरी दिनुपर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1449
मुद्दाको विषयबण्डापत्र पास
निर्णय वर्ष / मिति2038/02/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1449
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्