§ अलग अलग सुकुवासीको हैसियतमा दुवै थरले जग्गा पाएको विषयमा कुनै विवाद रहेको देखिएन । अन्यत्र अरु पैत्रिक जग्गा नहुने सुकुम्वासीको हैसियतबाट जग्गा प्राप्त गरी आफूले भोग तिरो चलन गरी आएबाट अलग-अलग परिवारको अस्तित्व कायम गरी आएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३०…
§ वादीले दावी गरेको र प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको जग्गा बेग्ला बेग्लै नभई एउटै भएपछि त्यस्तो जग्गालाई देखाई दायर गरेको फिरादलाई हकदैया बिहिन भन्न मिल्ने देखिएन । यस्तो स्थितिमा अलग अलग तालुक अन्तर्गत दर्ता भएको भन्ने आधारमा हकदैयाको अभाव भएको भन्ने…
§ विवादित जग्गा प्रतिवादीकै नाउँमा दर्ता श्रेस्ता रही निजले नै तिरो तिरी आएको भन्ने तथ्यमा विवाद देखिदैन । तसर्थ दर्ता तिरो नभएको घरजग्गाको स्वामित्व घरायसी लिखतको आधारबाट पाई कम्तिमा पन्ध्र वर्षसम्म आफ्नो हक जानी अटुट भोग गरेको र सो अवधिमा सो लिखतलाई लिएर कु…
§ प्रस्तुत अंश मुद्दाबाट वादी र प्रतिवादीहरु बीच ०४७।१।१९ मा मात्र मानु छुट्टिएको मिति कायम भएको देखिन आउँछ । मानो छुट्टिएको मितिको सम्बन्धमा पक्ष विपक्ष बीच विरोध नभएकोले सो अवधि सम्म निजहरु सगोलमै रहेभएको अवस्था देखिन आयो । संगोलमा रहँदाको अवस्थामा घर बनेकोल…
§ निजामति सेवाको समूह विभाजन सेवाको प्रकृति अनुसार गरिने भएकोले समान प्रकृतिका कार्य एउटै मन्त्रालयबाट स्वभाविक रुपले हुने भएकोले एउटै मन्त्रालय अन्तर्गतको विभिन्न पदमा सोही मन्त्रालयको कर्मचारीहरुलाईस्वभावतः समाविष्ट गरिनु पर्ने स्वतः स्पष्ट छ । समूहिकृत गर्…
§ लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेको त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो, भन्ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा बर…
§ यसमा उमेश शरण श्रीवास्तव नाउँ दर्ताको सप्तरी कमलपूर ६ को कि.नं ४१ को ०(८(८ जग्गा मोहीमा कमाई आएको ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्न नसक्दा सर्भे नापीमा मोही दर्ता गर्न छुट भएपनि हालसम्म कूत वुझाई मैले नै जोत कमोत गर्दै आएको हुँदा मेरो मोही हक कायम गरी…
§ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्वन नगरी अ.वं. १८८ नं समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सूधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. वमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्…
§ जाली राहदानी मुद्दावाट मुक्त भएपछि अर्थात मिति ०५६।९।१५ मा अदालतले आजै अध्यागमन विभागमा पठाई दिनु भनि आदेश दिएकोमा अध्यागमन विभागको जाहेरीले वादी श्री ५ को सरकार विरुध्द लोप्साड० दावा लामा भएको सरकारी छाप दस्तखत किर्ते मुद्दामा जिल्ला प्रहरी कार्यालयले मिति…
§ कानून वमोजिम भए गरेको दर्ता कायम रहे सम्म जग्गा आवाद गर्न पाइदैन भन्न मिल्ने अवस्था देखिदैन । विवादको जग्गाहरु वन सिमाना भित्र पर्ने प्रमाणको अभाव देखिन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत जनकपूरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र…
§ पुनरावेदन गर्न तोकिएको म्याद गूज्री सो गुज्रेको म्याद थाम्न अ.वं. ५९ नं. वामोजिम ३० दिन भित्र अर्थात १७ औं दिनमा गुज्रेको तारेख थामी पुनरावेदन दर्ता गरी पाउँ भन्ने निवेदन दिएको कुरा निवेदकले स्वीकार गरेको देखिन्छ । श्रम नियमावली, २०५० को नियम ५८ अनुसार श्रम…
§ वावुलाल कोइरीले वाली दिलाई मोही निस्कासन गरी पाउँ भन्ने मुद्दाको म्याद मिति ०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई नखरा व्यक्तिलाई सहि गराई किर्ते गरेकाले सजाय गरी पाउँ भन्ने वादी र मैले त्यस्तो कुनै किर्ते जालसाजी काम गरेको छैन । म्याद वेरितसँग तामेल भएको भए अ…
§ प्रस्तुत मुद्दाको फिराद पर्दा भाईराजा पाण्डे समेत ४(चार) जना मात्र अंशियार देखिने तथा (दूइ) २ तह अदालतवाट किनारा हुँदासम्म तत्सम्वन्धी विचार लिन सकेको नभै ४ भागको १ भाग वादीले अंश पाउने ठहर निर्णय भइरहेको अवस्थामा अव आएर थप अंशियार कायम गर्दै जाने हो भने मुद…
§ लगाउको अंश चलन र लिखत दर्ता वदर दर्ता मुद्दामा वादीले ४ भागको १ भाग अंश पाउने र प्रतिवादीहरुले लिनु दिनु गरेको कि.न. ६४० को जग्गा मध्ये वादीको अंश हक लाग्ने ४ भागको १ भाग लिखत दर्ता वदर हुने र वादीको नाममा दर्ता समेत हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला स…
§ जाहेरवाला पंख बहादुर तामाङले र दिर्घमाया तामाङनीले समेत वारदात अवस्था बोलीबाट चिन्हेको प्रतिवादी गोपाल तामाङलाई वारदातमा मौजूद रहेको भनेपनि निजहरु र प्रतिवादी गोपाल तामाङ बीच वैमनष्यता रहेको कारणले जाहेरवाला र निजको श्रीमतीको सो बकपत्रलाई सतर्कतासाथ मूल्याङ्…
§ पुनरावेदन अदालत विराटनगरको फैसलामा चित्त नवूझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी पुनरावेदनको म्याद दिएको आधारमा मिति २०४९।१।७ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भई मिसिल समेत झिकाई मिति २०५२।११।२८ मा निर्णय हुँदा पू.वे. (प्रतिवादी) ज्ञान बहादुर राई स…
§ अ.वं. १७९ नं. मा श्री ५ को सरकार वादि हुने मुद्दा वाहेक अरु मुद्दामा दुवै थरी झगडियाले तारेख गुजारेमा यसै महलको ५९ नं. र ६२ नं. वमोजिम गुज्रेको तारेख थमाई पाउने म्याद पछि सो मुद्दा डिसमिस हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । दुवैथर झगडियाले तारेख गुजार…
§ पदपूर्ति समितिले गरेको बढुवाको सिफारिश उपर परेको उजुरीका सम्वन्धमा संचालक समितिले निर्णय गर्दा आफू समक्ष परेको उजुरीमा मात्र सिमित रहेर निर्णय गर्नु पर्ने हो अथवा बढुवा सम्वन्धी सम्पूर्ण प्रकृया नै नियमित र कानूनसँगत नभएको भन्ने जस्तो आधार लिई बढुवा सम्वन्धी…
§ प्रस्तुत विवादमा घरेलु तथा साना उद्योग विकास समिति नियमावली, २०३८ ले समितिका कर्मचारीहरुको नियुक्ति, बढुवा तथा विभागीय कारवाही, सामान्य सिद्धान्त २०४३ वमोजिम हुने छ भनी व्यवस्था गरेको अवस्था छ । साविक देखि लागू हुदै आएको सामान्य सिद्धान्त वमोजिम गरेको कार्यल…
§ रिट निवेदक विदेशी नागरिक भएकोमा विवाद देखिंदैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले नेपाली नागरिकहरुलाई कानूनी समानता र कानूनको समान संरक्षणको हकको प्रत्याभुति गरेको पाइन्छ । धारा ११ द्वारा प्रत्याभूत समानताको हक समान व्यक्तिहरुका वीचमा आकर्षित हुन…
§ रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरेको निर्णय औचित्यपूर्ण र तर्कसँगत एवं संतोषजनक रहेको नदेखिएको ठहर्याई अवकाश दिने गरेको निर्णय सदाशयता विहिन भएकाले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी कानून वमोजिम पदस्थापना…
§ जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङको गोदामको भौत्तिक परीक्षण गर्दा चामल र खाली बोरा अपुग भएकोमा सो कार्यालयको लेखा उपसहायक कुलबहादुरले…
§ मृतकले पोष्टमार्टम प्रतिवेदन हेर्दा मृत्युको कारणमा ... This is a case of Strangulation and the cause of death is due to asphyxia” भन्ने रहेबाट मृतक जातक जिउदो जन्मिएको रनिजको मृत्यु अप्राकृतिक रुपबाट नै भएको देखिन्छ । वच्चाको रोएको आवाज सुनेको भन्ने कृष्ण क…
§ प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा व…