नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6854 · वि.सं. २०५७
नि.नं. 6854 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत अंश मुद्दाबाट वादी र प्रतिवादीहरु बीच ०४७।१।१९ मा मात्र मानु छुट्टिएको मिति कायम भएको देखिन आउँछ । मानो छुट्टिएको मितिको सम्बन्धमा पक्ष विपक्ष बीच विरोध नभएकोले सो अवधि सम्म निजहरु सगोलमै रहेभएको अवस्था देखिन आयो । संगोलमा रहँदाको अवस्थामा घर बनेकोले त्यस्तो घर सम्पत्तिमा निजी सम्पत्ति हो भन्न सकिने प्रमाणको अभावमा संगोलका अंशियारहरुको भाग लाग्ने नै देखियो । तसर्थ विवादको कि.नं.४७८ को जग्गामा बनेको घरमा ५ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । विवादीत जग्गामा बनेको घर वण्डा लाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला केही उल्टी गरेको यस अदालत संयुक्त इजलासको मिति ०५२।१०।२४ को फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी भै अरु सदर हुने । (प्र.नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6854 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2056/09/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6854 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
