नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6850 · वि.सं. २०५७

नि.नं. 6850 — विष खूवाई कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्वन नगरी अ.वं. १८८ नं समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सूधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. वमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून वमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था वमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएता पनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैन । यी पूनरावेदीका प्रतिवादी मिठु भन्ने देवीमायाले अदालतमा गरेको वयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती वयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृतकको मृत्यु भएको, त्यस्तो अपराधिक कृया गरेको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनु पर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव देखिएन । यस स्थितिमा यी प्रतिवादी पूनरावेदिकालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहराई गरेको शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6850
मुद्दाको विषयविष खूवाई कर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2056/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6850
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्