नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6846 · वि.सं. २०५७
नि.नं. 6846 — कीर्ते ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वावुलाल कोइरीले वाली दिलाई मोही निस्कासन गरी पाउँ भन्ने मुद्दाको म्याद मिति ०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई नखरा व्यक्तिलाई सहि गराई किर्ते गरेकाले सजाय गरी पाउँ भन्ने वादी र मैले त्यस्तो कुनै किर्ते जालसाजी काम गरेको छैन । म्याद वेरितसँग तामेल भएको भए अ.वं. ११० नं वमोजिम वदर गराउनु पर्नेमा सो नगरेकोले वादीदावी झूट्टा हो भन्ने समेत प्र. वावुलाल महतोको प्रतिउत्तर जिकिर भएको पाइन्छ । म्याद तामेलीमा भएको राजदेव महतो कोइरीको नामबाट लागेको ल्याप्चे र निजको अदालतको रोहवरमा लिइएको ल्याप्चे भिडाई विशेषज्ञसँग जांच गर्न पठाएकोमा सो ल्याप्चे आपसमा नमिल्ने भन्ने राय प्रस्तुत भएको देखिन्छ भने यी पुनरावेदक प्र. वावुलाल महतोको जग्गामा मोही वादी राजदेव भएको वावुलाल महतोले उक्त जग्गाको मोहीवाट राजदेवलाई निस्कासन गर्नु पर्ने सम्मको स्वार्थ निहित रहेको तथ्य पुष्टि भैरहेको अवस्था शुरुले वादी दावी वमोजिम किर्ते गरेको ठहराएको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसला सदर हुने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6846 |
|---|---|
| मुद्दाको विषय | कीर्ते । |
| निर्णय वर्ष / मिति | 2056/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6846 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
