नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6856 · वि.सं. २०५७

नि.नं. 6856 — जग्गा खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले दावी गरेको र प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको जग्गा बेग्ला बेग्लै नभई एउटै भएपछि त्यस्तो जग्गालाई देखाई दायर गरेको फिरादलाई हकदैया बिहिन भन्‍न मिल्ने देखिएन । यस्तो स्थितिमा अलग अलग तालुक अन्तर्गत दर्ता भएको भन्‍ने आधारमा हकदैयाको अभाव भएको भन्‍ने आधारमा खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला वदर हुन्छ । वादी प्रतिवादीका बयानबाट जालसाजी सम्बन्धी प्रश्‍न खडा भएको देखिँदा प्रस्तुत जग्गाको विवाद तथा जालसाजी समेतका कुरामा जो बुझ्नु पर्ने प्रमाण बुझी प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु भनी दुवै पक्षलाई शुरु रुकुम जिल्ला अदालतको तारेख तोकी शुरु मिसिल समेत रुकुम जिल्ला अदालतमा पठाई दिने । (प्र.नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6856
मुद्दाको विषयजग्गा खिचोला ।
निर्णय वर्ष / मिति2056/08/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6856
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्