नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6847 · वि.सं. २०५७

नि.नं. 6847 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन गर्न तोकिएको म्याद गूज्री सो गुज्रेको म्याद थाम्न अ.वं. ५९ नं. वामोजिम ३० दिन भित्र अर्थात १७ औं दिनमा गुज्रेको तारेख थामी पुनरावेदन दर्ता गरी पाउँ भन्ने निवेदन दिएको कुरा निवेदकले स्वीकार गरेको देखिन्छ । श्रम नियमावली, २०५० को नियम ५८ अनुसार श्रम अदालतमा कारवाही चलेको मुद्दामा संक्षिप्त कार्यविधि ऐन अनुसारको कार्यविधि लागू हुने भन्ने व्यवस्था भएको र श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ को नियम १८(१) मा पनि गुज्रेको १५ दिन सम्मको म्याद तारेख थमाउन पाउने व्यवस्था भएको देखिन्छ तदनुरुप संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ८ वमोजिम संक्षिप्त कार्यविधि ऐन अन्तर्गतका मुद्दाहरुमा गूज्रिएको म्याद तारेख १५ दिन सम्म थाम्न पाइने व्यवस्था भएबाट निवेदकले दर्ता गर्न ल्याएको पुनरावेदन संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको कार्यविधि अपनाउनु पर्ने प्रकृतिको मुद्दा भएको र मुलुकी ऐन प्रारम्भिक कथनको दफा ४ मा विषय विषयमा छुट्टा छुट्टै वनेको कानूनमा लेखिए जति सोहि वमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐन वमोजिम गर्नुपर्छ भन्ने व्यवस्था भएबाट निवेदनमा उल्लेखित विषय वस्तुमा म्याद तारेख थाम्ने सम्वन्धमा छुट्टै कानूनमा व्यवस्था भै रहेको अवस्थामा मुलुकी ऐन अ.वं. ५९ नं. आकृष्ट हुने अवस्था नहुँदा विद्यमान कानूनले गुज्रेको म्याद थमाउन पाउने अवस्था व्यतित भैसकेपश्चात पुनरावेदन दर्ता हुन नसक्ने भनी गरेको श्रम अदालतको आदेशमा कुनै कानूनी त्रुटि नदेखिँदा निवेदकको माग वमोजिमको आदेश जारी हुने अवस्था नदेखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6847
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2056/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6847
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्