नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6855 · वि.सं. २०५७

नि.नं. 6855 — निर्णय दर्ता वदर हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गा प्रतिवादीकै नाउँमा दर्ता श्रेस्ता रही निजले नै तिरो तिरी आएको भन्‍ने तथ्यमा विवाद देखिदैन । तसर्थ दर्ता तिरो नभएको घरजग्गाको स्वामित्व घरायसी लिखतको आधारबाट पाई कम्तिमा पन्ध्र वर्षसम्म आफ्नो हक जानी अटुट भोग गरेको र सो अवधिमा सो लिखतलाई लिएर कुनै अदालतमा नालिस उजुर नपरेको भए लिखत रजिष्ट्रेशन नभएको भएतापनि सदर मानी त्यस्तो घर जग्गा भोगवाला ल्यक्तिको नाउँमा दर्ता गर्नुपर्ने जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५(क) को कानूनी व्यवस्था प्रस्तुत विवादमा आकर्षित हुने देखिदैँन । एकाको स्वामित्वमा रहेको जग्गामा निजको स्वामित्व समाप्त हुन निजले उक्त जग्गाको स्वामित्व अरुलाई हक हस्तान्तरण गरी दिएको हुनुपर्नेमा यी वादीले विवादीत जग्गामा हक प्राप्त गरेको ठोस सबूद प्रमाण देखाउन सकेको समेत पाइदैन । जग्गा (नापजाँच) ऐन, २०१९ र अन्य कानूनी व्यवस्था तथा श्रेस्ताबाट विवादीत जग्गाको स्वामित्व प्रतिवादी कृष्ण गिरीमा नै रहेको ठहर भएको अवस्थामा उक्त जग्गामा वादीले घर बनाई भोगी आएकै कारणले मात्र प्रतिकूल भोग (Adverse Possession) को अवधारणाको आधारमा स्वामित्व समेत पाउने कानूनी व्यवस्था समेत नहुँदा विवादीत जग्गामा बनेको घर र सो घरले चर्चेको आँगनमा वादीको भोगाधिकार रहेको ठहर भएकै आधारमा स्वामित्व समेत वादी मंगल ठाकुरमा कायम हुनुपर्छ भन्‍न मिल्ने नदेखिने । (प्र.नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6855
मुद्दाको विषयनिर्णय दर्ता वदर हक कायम ।
निर्णय वर्ष / मिति2056/10/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्‍वा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५५।३।२ | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सदर हुनुपर्छ भन्‍ने समेत व्यहोराको बहस प्रस्‍तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय सदर हुनुपर्छ भन्‍ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्छ ।
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6855
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्