नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6835 · वि.सं. २०५६
नि.नं. 6835 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतकले पोष्टमार्टम प्रतिवेदन हेर्दा मृत्युको कारणमा ... This is a case of Strangulation and the cause of death is due to asphyxia” भन्ने रहेबाट मृतक जातक जिउदो जन्मिएको रनिजको मृत्यु अप्राकृतिक रुपबाट नै भएको देखिन्छ । वच्चाको रोएको आवाज सुनेको भन्ने कृष्ण कुमारको भनाईलाई अन्यथा हो र निजले त्यस्तो व्यहोरा लेखाई गंभिर अपराधको दोषी यी प्रतिवादीलाई करार गर्नुपर्ने अवस्था रहे भएको मिसिल संलग्न तथ्य र आधारबाट देखिन नआउनुका साथै प्रतिवादी स्वयंले समेत सो कुराको पुष्टि गरी आफ्नो निर्दोषिता प्रमाणित गर्न सकेको पाइदैन । आफूले अवैध गर्भ धारण गरेकोमा निज सावितै रहेको वच्चा जन्मने बेथा लागेपछि जंगलतिर गएको भन्नेमा सावित रहेको वच्चा जन्मिएपछि पनि कतै प्रकाश नगरी लुकाई राखेको अवस्थाबाट समेत यी प्रतिवादी कसुरदार रहिनछन भन्न सकिने अवस्था नहुंदा जिउंदो वच्चा जन्माई मारेको पुष्टि हुन आउंछ । वच्चा मार्नेमा यी प्रतिवादीकै संलग्नता रहेको देखिन आएबाट सफाई दिने गरेको शुरु फैसला उल्टी गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार प्रतिवादी वति भन्ने मनकुमारी घिमिरेलाई सर्वश्व सहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत बागलुङको साधक जाहेरी फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6835 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2056/04/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6835 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
