नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6838 · वि.सं. २०५७

नि.नं. 6838 — उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक विदेशी नागरिक भएकोमा विवाद देखिंदैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले नेपाली नागरिकहरुलाई कानूनी समानता र कानूनको समान संरक्षणको हकको प्रत्याभुति गरेको पाइन्छ । धारा ११ द्वारा प्रत्याभूत समानताको हक समान व्यक्तिहरुका वीचमा आकर्षित हुने हो । रिट निवेदक विदेशी नागरिक भएकोमा विवाद नभएको स्थितिमा निजले संविधानको धारा ११ द्वारा प्रत्याभूत समानताको हकको दावी लिन मिल्ने देखिएन । यसर्थ नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई गैर पर्यटक भिसा जारी गर्दा प्रति महिना २० अमेरिकी डलर वरावरको नेपाली मुद्रा दस्तुर लाग्ने व्यवस्था असमान भयो भन्न मिल्ने देखिएन । कानून वाझिएको भनी दावी गर्ने पक्षले कुन कानून के कति कारणले संविधानको कुन धारासँग वाझिएको हो भन्ने कुरा प्रष्टरुपले दर्शाउन सक्नू पर्नेमा रिट निवेदकले आफ्नो रिट निवेदनमा सो कुरा स्पष्ट गर्न सकेको समेत पाइएन । तसर्थ अध्यागमन नियमावली, २०५१ को अनुसूची ९ को देहाय ५(ङ) को व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ सँग वाझिएको भन्न मिल्ने नदेखिंने । (प्र.नं. १०) § नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई गैर पर्यटक भिसा जारी गर्दा प्रति महिना २० अमेरिकी डलर वरावरको नेपाली मुद्रा भिसा दस्तुर तिर्नू पर्ने व्यवस्थाले पारिवारिक जीवनयापन गर्न समेत कठिनाई उत्पन्न भएको भन्ने निवेदन जिकिरका सम्वन्धमा त्यस्तो कुरा ऐन नियम निर्माताले ऐन नियम निर्माण गर्दा विचार गरी त्यस्ता विदेशीहरुको हकमा भिसा दस्तुर छुट गर्न आवश्यक व्यवस्था गर्न सक्ने विषय हुँदा यस्तो कुरा रिट निवेदन जारी हुने आधार बन्न नसक्ने । (प्र.नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6838
मुद्दाको विषयउत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति1056/06/13
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6838
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्