नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6852 · वि.सं. २०५७

नि.नं. 6852 — लागू औषध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेको त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो, भन्‍ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा बरामदी मुचुल्का, सो मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको बकपत्र र प्रतिवादी रतन प्रधान स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानका आधारमा निज प्रतिवादीबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको भन्‍ने कुरा पुष्टि भएको हुँदा निज रतन प्रधानका हकमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) अनुसार १५ वर्ष कैद र ५ लाख रुपैँया जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई नै सदर गरेको संयुक्त इजलासको इन्साफ मिलेकै देखिँदा सो हदसम्म सदर हुने । (प्र.नं.२६) § लागू औषध (नियन्त्रण) ऐनको दफा १७ मा लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत सजाय हुने अपराध गर्ने षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गरे वापत हुने सजायको आधी सजाय हुनेछ भनी व्यवस्था भै रहेको र निज मेघराज राउत प्रस्तुत मुद्दामा मतियारका रुपमा रहेको सन्दर्भमा निज मेघराज राउतका हकमा उक्त दफा १७ नं. आकर्षित हुने र आधी सजाय मात्र हुनेमा ऐ.दफा १४(१)(छ)(३) अनुसार सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै नदेखिने । (प्र.नं.२७) § अधिकार प्राप्त अधिकारी समक्षको बयान र सह-अभियुक्तहरुको पोलका अतिरिक्त निज खिम बहादुर थापाको संलग्नताको पुष्टि कहि कतैबाट भएको पाइदैँन । खिम बहादुर थापाको सँगसाथ वा निजको कोठाबाट लागू औषध बरामद भएको पनि देखिँदैन र त्यस्तो दावी अभियोजन पक्षले लिएको पनि छैन । यस स्थितिमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को प्रमाणको भार सम्बन्धी व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्दैन । लागू औषधको बिक्री वितरण, खरिद, संचय र ‌ओसार पसार जस्ता कार्यमा खिम बहादुर थापाको संलग्नता रहेको भन्‍ने कुरा स्थापित हुन नसकेको स्थितिमा अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित रहेको र सह-अभियुक्तहरुले प्रहरी समक्ष पोल गरेकै आधारमा मात्रै निजलाई लागू औषध (नियन्त्रण) ऐनको दफा ४ को (घ) र (च) को कसूर गरेको ठहर्‍याउनु न्यायोचित नदेखिँने । (प्र.नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6852
मुद्दाको विषयलागू औषध ।
निर्णय वर्ष / मिति2056/10/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्राराज पाण्डेज्यूले पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्ने गरी भएको रायसँग सहमत हुन नसकेकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमापेशगर्नु भन्‍ने समेत व्यहोराको माननीइ न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्यायज्यूले रतन प्रधानले कारोबार गर्ने ठहर नगर्ने गरी प्र.मेघराज राउतको हकमा कम सजाय गर्ने तथा खिमबहादुर थापाको हकमा सफाई पाउने गरी व्यक्त गर्नुभएको रायसँग म सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डेको राय सहितको यस अदालत संयुक्त इजलासबाट मिति २०५५।९।९।५ मा भएको फैसला । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सो हदसम्म मनासिव ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6852
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्